राज शाही आइतबार, जेठ ३१, २०८३ मा प्रकाशित

बालबिबाह र बाल श्रम न्यूनिकरण लागी एकिकृत पहल भन्ने नाराका साथ जिल्ला बाल सभा कार्यक्रम संचालन गरिएको छ । किर्डाक गुड नेभर्स संस्थाको समन्वय र सामुदायिक रेडियो कर्णाली आवाजको आयोजनामा उक्त कार्यक्रम कर्णाली प्रदेशको हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा संचालन भएको हो । सोही कार्यक्रममा बालबालिका सम्बन्धि विषयहरुमा बहस छलफल गर्दा अभिभावक पनि साथमा राखेर कार्यक्रम संचालन गर्दा प्रभावकारी हुने, नेपालको कानून अनुसार विवाहका लागि महिला र पुरुष दुवैको उमेर २० वर्ष पुरा भएको हुनु पर्छ,२० वर्ष नपुगी गरिने बिबाहलाई बाल बिवाह भनिन्छ र यो एक दण्डनिय फौजदारी अपराध भएको,  २० वर्ष नपुगी गरेको बिबाह स्वत बदर हुने र बाल विवाह गर्ने गराउने व्यक्तिलाई ३ वर्ष सम्म कैद र ३० हजार रुपैंया सम्म जरिवाना हुने कानूनी व्यवस्था रहेको नाम्खा गाउँपालिकाका उपाध्यक्ष एव न्यायिक समितिका संयोजक तक्दिर लामा (टसी) तामाङले यसरी बताएका छन् ।

अहिलेका बालबालिकालाई धैर सेवा सुविधा भएको आफ्नो बाल्यपन दुःख कष्ठ पुर्णरहेको,अभाव अशिक्षा गरिवीबाट गुज्रदै आफु जेष्ठ नागरिक सम्म पुगेको, बालबालिका सम्बन्धि ऐन २०७५को दफा ६६ को उपदफा २ ले बालबालिकासँग बिबाह गर्नु गराउनुलाई बालबालिका विरुद्धको कसूर अपराध मानेको छ,बाल विवाह भएको वा थाहा पाएको मितिले ३ महिना भित्र जो सुकैले पनि उजुरी दिन सक्ने, यदि २० वर्ष नपुगेका बालबालिकाले मुञ्जुरी दिएर वा आमा बुबाको सहमतिमा विवाह गरे पनि त्यसले कानूनी मान्यता नपाउने, बालबिबाह विरुद्ध संचालन हुने कुनै पनि कार्यक्रमका लागी आफ्नो साथ सहयोग रहने खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले यसरी बताएका छन् ।

सामुदायिक रेडियो कर्णाली आवाजका स्टेसेन म्यानेजर नवराज महतारको अध्यक्षता र खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावलको प्रमुख आतिथ्य सँगै अदानचुली गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंह, प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, नाम्खा गाउँपालिका उपाध्यक्ष तक्दिर लामा, सिमकोट गाउँपालिका उपाध्यक्ष शुसिला रोकाया, जिल्ला सरकारी वकिल निसा केसी, लगायत राजनितिक दल, पत्रकार, नागरिक समाज, जिल्लाको चंखेली, सिमकोट लगायतका गाउँपालिकाका बालबालिकाको उपस्थितमा बाल सभा कार्यक्रम आइतबार विहान सिमकोटमा संचालन भएको हो । बालबिबाह र बाल श्रम न्यनिकरणका विषयमा प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, प्रहरी नायव उपरिक्षक शंकर खड्का र सरकारी वकिल निसा केसीले प्रशिक्षण गराएको जानकारी प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका विकास आयोजनाको अनुगमन तथा निरिक्षण
रा. स्व. पा. द्धारा जनताका कुरा हामी सुन्छौ कार्यक्रम संचालन
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९