कवाडी लाम्पाटा राखीखर्क संरक्षण अभियान हुम्लाले पत्रकार सम्मेलन गरी एक प्रेश विज्ञप्ति प्रकासित गरेको छ । हुम्ला जिल्ला र बाजुर जिल्ला विची सिमा बिबाद बारे केन्द्रित रही उक्त प्रेश विज्ञप्ति निकालेको हो । ४ वटा माग राख्दै निकालीएको विज्ञप्तिमा आन्दोलनका कार्यक्रम समेत तय गरिएका छन् ।

हुम्लाको लाम्पाटामा सहमतिविना र पुर्वाग्राही ढंगले स्थापना गरिएको संयुक्त सुरक्षा बेस क्याम्प नेपाल सरकारद्धारा गठित अध्ययन समितिको प्रतिवेदन सार्वजनिक नहुँदा सम्म बाजुराको गुम्बा भन्ने ठाउँमा राखियोस, मानवीय संवेदनशीलता र अत्यावश्यक कामसँग जोडिएको राष्ट्रिय राजमार्ग कर्णाली करिडोर पटक पटक वन्द गर्ने निहित स्वार्थ र शर्तको अन्त्य गरियोस,अभद्र व्यवहार र वन्यजन्तु तस्करी मुद्दामका बाजुरेली अभियुक्तहरुलाई तुरुन्त पक्राउ गरी निर्दोष हुम्लीमाथि लगायका झुठ्ठा मुद्दा खारेज गरियोस र प्रमाण भन्दा प्रतिशोध अनि भुगोल भन्दा गुगोलको आधारमा बाजुराले प्रायोजितरुपमा सिर्जना गरिएको सिमा बिबाद अन्त्य गर्न अध्ययन समितिले यथासिघ्र कार्य प्रारम्भ गरि प्रतिवेदन सार्वजनिक गरियोस भन्ने समेतका माग राखि माग राखि प्रेश विज्ञप्ति प्रकासित गरिएको सोही समितिका संयोजक प्रकासबहादुर शाहीले बताएका छन ।

त्यसै गरी प्रेस विज्ञप्तिमा आन्दोलनका कार्यक्रम समेत समावेस गरिएको छ । जसमा जेष्ठ ३१ गते देखि जिल्ला प्रशासन कार्यालय हुम्लाद्धारा आयोजित सर्वदलिय सर्वपछिय बैठक र सम्पुर्ण कार्यक्रम बहिस्कार गर्ने, २०८३ असार १ गते जिल्ला प्रशासन कार्यालय हुम्लामा धर्ना र विरोध प्रर्दशन गर्ने र असार २ गते हुम्ला जिल्ला स्थित सम्पुर्ण सरकारी कार्यालय वन्द र जिल्ला प्रशासन कार्यालय हुम्लामा घेराउ गर्ने समेत उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।