दाने बोहरा आइतबार, आषाढ २१, २०७७ मा प्रकाशित

उच्च हिमाली जिल्ला हुम्लामा पहिलो पटक आफ्नो परम्परा झल्काउने होमेस्टे सन्चालनमा आएको छ । हुम्लाको सिमकोट गाउँपालिका वडा ७ डाडाफयाँ गाउँका स्थानीयबासिन्दाले मौली परम्परालाई झल्काउदै गेट वे कैलाश होमस्टे सञ्चालन गरेका छन् ।


स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षक गर्नका लागी ४५ घरधुरी रहेको डाडाफयाँ गाउँका ६ वटा घरमा होमेस्टे शुरु गरीएको छ । गेट वे कैलाश होमस्टेले आफ्नो मौलिख पहिचान दिनका लागी पुराना पुरातात्वीक, धातुका भाडाकुडी, गरगहना, मौलिकता झल्काउनुका साथै संरक्षणका लागी गुनिउ,चोलो लगायत महिलाले लगाउने गहना हेर्न सकिने मन्दिर सिंहले जानकारी दिुए ।

हुम्लामा मानसरोवर कैलाश दर्शन सहित लिमीभ्याली घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकको लागी आकर्षणको गराएको छ ।
कर्णाली प्रेदश सरकारको प्रर्यटन मन्त्रालयद्धारा ४० लाखको लागतमा १ संग्रालय सहित होमेस्टे घरबार व्यवस्थापन सुरु गरेका हुन् ।

४५ घरधुरी रहेको डाँडाफयामा ६ वटा घरपरिवारले गाउँको अर्गानिक उत्पादन र संस्कृतिसँग जोडेर होमस्टे सुरु गरिएको छ ।


कर्णाली प्रदेश ग्रामीण पर्यटनका दृष्टिले आफ्नो प्रदेशका सयौं गाउँवस्ती प्रचुर सम्भावनाले भरिएको र ती गाउँमा आवश्यक विकास गर्दै पर्यटकीय गाउँ बनाउने तिर लागेमा हुम्लाको प्रचार हुने सिंहले बताए ।

सम्बन्धित

ताजा अपडेट
रा. स्व. पा. द्धारा जनताका कुरा हामी सुन्छौ कार्यक्रम संचालन
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९