राज शाही शनिबार, जेठ ०९, २०८३ मा प्रकाशित

कर्णाली प्रदेशको निर्वाचन क्षेत्र ख मा हाइ अल्टिच्युट रिसक्यु सेन्टर स्थापना गरीएको छ । हुम्ला जिल्लाको नाम्खा गाउँपालिका वडा नं ५ को हिल्सामा उक्त सेन्टर स्थापना गरिएको हो । हिल्सा जस्तो उच्च जोखिमयुक्त तथा उच्च हिमाली क्षेत्रमा स्थापना भएको सो सेन्टको नाम्खा गाउँपालिकाका पुर्व अध्यक्ष विष्णुबहादुर लामा, वर्तमान अध्यक्ष प्रेम लामा प्रमुख प्रशासकिय अधिकृत लगायत जनप्रतिनिधि एवं कर्मचारीहरुको उपस्थितमा उक्त सेन्टरको जेष्ठ ८गते उत्घाटन गरी संचालनमा आएको नाम्खा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ग्याछो लामाले बताएका छन् । यसको स्थापना भए सँगै हिमाली क्षेत्रमा यात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटक, तीर्थयात्री, स्थानीय बासिन्दा तथा आपतकालीन अवस्थाका बिरामीहरूको जीवन रक्षा र उद्धार कार्यमा ठूलो सहयोग पुर्‍याउने विश्वास लिएको संयोजक लामाले बताएका छन् ।

हिल्सामा हाइ अल्च्युट रिसक्यु सेन्टर स्थापना गर्नु मेरो जीवनको एउटा ठूलो सपना रहेको र उक्त सपना पूरा भएको अनुभूति भएको छ। साथै उक्त सेवा केन्द्रले ताक्लाकोट रोजगारीका लागि आवतजावत गर्ने हुम्ली नागरिक, व्यापार व्यवसायमा संलग्न व्यापारीहरू तथा पवित्र मानसरोवर दर्शनका लागि जाने तीर्थयात्रीहरूलाई लक्षित गरी उद्धार, आधारभूत स्वास्थ्य उपचार तथा आकस्मिक सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। दुर्गम हिमाली क्षेत्रमा यात्रा गर्ने यात्रुहरूको सुरक्षा, स्वास्थ्य र आपतकालीन अवस्थामा छिटो सेवा उपलब्ध गराउने यस केन्द्रले मानव सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै सम्पूर्ण क्षेत्रकै गौरव बढाउने विश्वास लिइएको, सहयोगी मन, हात र साथका लागि सम्पूर्णलाई हृदय देखि हार्दिक धन्यवाद तथा आभर व्यक्त नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामा गरेका छन् ।

यस ऐतिहासिक तथा दूरदर्शी कार्यका लागि वर्तमान नेतृत्व, पूर्व नेतृत्व, सम्पूर्ण सरोकारवाला निकाय तथा सहयोगी संस्थाहरूलाई विशेष धन्यवाद व्यक्त गरिएको छ । आगामी दिनमा पनि गाउँपालिकाको समग्र विकास, जनसेवा, स्वास्थ्य, पर्यटन तथा विपद् व्यवस्थापनका क्षेत्रमा अझ प्रभावकारी कार्य गर्दै सफलताको नयाँ उचाइ हासिल गर्ने अपक्षा राखेको स्वास्थ्य संयोजक लामाले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९