राज शाही शनिबार, जेठ ०२, २०८३ मा प्रकाशित

featured photo: Mansarowar Times

जिल्लामा विगत १८ वर्ष देखि कार्यरत एक गैर सरकारी संस्थाले सवारी चालक तथा सवारी धनी र सरोकारवालाहरुका लागी ट्राफिक सचेतना कार्यक्रम संचालन गरेको छ । शिक्षा, स्वास्थ्य, रोजगारी, विपत जोखिम न्यूनिकरण लगायतका क्षेत्रमा काम गर्दै आएको आधार नेपाल हुम्लाले विपत न्युनिकरण अन्तरगत सडक दुर्घटनालाई राखी ट्राफिक सचेतना कार्यक्रम संचालन गरेको सोही संस्थाका रमेस भण्डारीले बताएका छन् । शनिवार दिनको ११ वजेबाट संचालन गरेको उक्त कार्यक्रमको समन्वय तथा सहकार्य जिल्ला ट्रफिक प्रहरी कार्यालय सिमकोट हुम्लाले गरेको थियो ।

जिल्लामा संचालनमा रहेका सवारी चालक तथा सवारी धनी करिव १ सय जना भन्दा बढीको उपस्थित रहेको थियो । बढ्दो सवारी चाप, अव्यवस्थित ट्राफिक प्रणाली र सडक दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्य सहित सचेतना मूलक कार्यक्रम संचालन गरिएको हो  । दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी चालक, सहचालक र यात्रुहरूलाई लक्षित गर्दै ट्राफिक सचेतना’ कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।

कार्यक्रममा सहभागी प्रहरी नायव उपरिक्षक शंकर खड्काले सडक सुरक्षा सम्बन्धी आधारभूत नियमहरूको जानकारी दिँदै यात्रु र चालकलाई जिम्मेवार ढङ्गले सवारी सञ्चालन गर्न आग्रह गरेका थिए । विशेषगरी हेल्मेट तथा सिटबेल्टको अनिवार्य प्रयोग, मादक पदार्थ सेवन गरेर सवारी नचलाउने, ओभरस्पिड नगर्ने, ट्राफिक सङ्केतको पालना गर्ने, पैदल यात्रुको सुरक्षामा ध्यान दिनुपर्ने लगायत विषयमा प्रहरी नायव उपरिक्षक खड्काले सहभागीलाई प्रशिक्षण गरेका थिए  ।

सवारी चालकलाई यात्रुमैत्री व्यवहार अपनाउन, क्षमताभन्दा बढी यात्रु नराख्न, मोबाइल फोन प्रयोग गर्दै सवारी नचलाउन तथा ट्राफिक सङ्केतको पूर्ण पालना गर्न आग्रह सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले गरेका थिए । मोटरसाइकल चालकहरूलाई हेल्मेटको सही प्रयोग तथा चार पाङ्ग्रे सवारी चालकलाई सिटबेल्ट अनिवार्य लगाउन, गिटि, बालुवा, ढुङ्गा ओसार पसार गर्दा अनिवार्य स्थानिय तहको कर तिरको रसिद बोक्न पनि अनुरोध गरेका थिए । यसरी कर नतिरी बालुवा, गिटि, ढुङ्गा बोकेमा बोक्ने र बोकाउने दुबैलाई कानून बमोजिम कार्वाही हुने अध्यक्ष भण्डारीले बताएका थिए ।

कार्यक्रम आधार नेपालका अंजुक लामाको अध्यक्षता र जिल्ला प्रहरी कार्यालय प्रमुख शंकर खण्डकाको प्रमुख आतिथ्यमा संचालन भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
सवारी चालक तथा सरोकारवालाहरुका लागी ट्राफिक सचेतना
आर्थिकरुपमा बिपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री
सामाजिक विकास कार्यालयबाट विद्यार्थीलाई झोला, ड्रेस, स्वीटर, टोपी र जुता वितरण

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९