राज शाही शुक्रबार, जेठ ०१, २०८३ मा प्रकाशित

कर्णाली प्रदेशको खार्पुनाथ गाउँपालिकामा स्थापित एक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । शैक्षिक सामाग्री प्राप्त गर्ने विद्यार्थीमा खार्पुनाथ गाउँपालिका वडा नं ४ मा स्थापित मष्टादेव आधारभुत विद्यालय माजाका विद्यार्थी रहेका छन् ।

सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डमन कुमार रोकायाको पहल सँगै आर्थिक सहयोगमा विपन्न, गरिव , टुहुरा  र असाय ७० जना बालबालिकालाई कापी, सिसाकलम, कटर र  इरेजर उपलब्ध गरिएको अध्यक्ष रोकायाले बताएका छन् ।

विशेष गरी टुहुरा, दलित लगायतका बालबालिकालाई पहिलो प्राथामिकतामा राखि उक्त शैक्षिक सामाग्री सुक्रबार एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको रोकायाले बताएका छन् । करिव २२ हजार ५ सय बरावरको शैक्षिक सामाग्री सहयोग गरिएको रोकायाले बताएका छन् ।

आर्थिकरुपमा विपन्न घर परिवारका बालबालिकाले उक्त सामाग्री प्राप्त गरेपछि विद्यार्थीलाई पठन पाठनमा सहज भएको सोही विद्यालयका प्रधानाध्यापक नन्दबहादुर शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९