राज शाही शनिबार, आषाढ २०, २०७७ मा प्रकाशित

हुम्ला

हुम्ला जिल्ला अस्पतालमा बिरामीको चाप अत्याधिक बढेपछि बेडहरु भरिभराउ भएका छन् । मौसमको कारण बिरामीहरु दैनिक रुपमा बृद्धि भएपछि अस्पताललाई उपचारमा समेत कठिनाई भएको हो ।

अस्पतालका डाक्टर टसी लामाले पन्द्र बेडको क्षेमता भएको जिल्ला अस्पताललाई आन्तरिक रुपमा चार थप ब्यबस्था गरेर सबै बेडमा बिरामी भरिभराउ भएको बताए । मौसमका कारण झाडा पखालाका बिरामीहरु निक्कै बढेको बताउदै डा. लामाले दमका बिरामी समेत थपिदा उपचारमा समस्या आएको बताए । यद्यपि जनशक्ति भने आबश्यकता अनुसार रहेको छ ।

अस्पताल भर्ना भएका बिरामी सबै बृद्धबृद्धा र बालबालिका बढी रहेका छन । कुल भर्ना भएका बिरामी मध्य नौ जना बालिबालिका मात्र रहेका छन् । झाडा पखालाका बिरामीहरु दैनिक रुपमा सत्तरी जना भन्दा बढी आउने गरेको अस्पतालले जनाएको छ । उपचारका लागि अस्पतालमा गएका बिरामीहरुको लामो लाईनमा बस्नु परेको छ ।

केही दिन अगाडीसम्म कोरोना संक्रमणको कारण बन्दाबन्दी भएका बेला अस्पतालका बेडहरु खाली भएको अबस्था थियो । डा. लामाका अनुसार बन्दाबन्दी खुकुलो भएपछि अस्पताल जाने बिरामीको संख्या बढेको छ । यो समय फोहोर पानी, हिलो बढी हुने भएको कारण झाडा पखाला लाग्ने संभावना बढी रहेकोले त्यसबाट सचेत रहन अस्पतालले सबैलाई आग्रह गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
रा. स्व. पा. द्धारा जनताका कुरा हामी सुन्छौ कार्यक्रम संचालन
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९