राज शाही सोमबार, बैशाख २८, २०८३ मा प्रकाशित

featured photo: Mansarowar Times

कर्णाली प्रदेशको हुम्ला जिल्लामा प्राकृति खेती सम्बन्धीको २ दिने तालिम सुरु भएको छ । पहिलो दिन प्राकृतिकरुपमा उम्रेका झारपात, फलफुलको झोल, क्याल्सियम, नाइट्रोजन, फोसफोरस र जैविक विषादी बनाउने तालिम प्रर्दान गरिएको छ । उक्त तालिम गुड नेवर्स इन्टर नेस्नल अन्तरगत आइसिडिपी प्रोजेक्ट अर्थात एकिकृत सामुदायिक विकास परियोजनाको आर्थिक सहयोग र स्नोल्याण्ड एकिकृत विकास केन्द्र (एस आइ डिसी) को समन्वयमा उक्त तालिम संचालन भएको हो ।

प्रशिक्षक जंग बहादुर शाही र रुपसिंह भण्डारी रहेको तालिममा सिमकोट गाउँपालिका वडा नं ४,५ र ६ का स्थानिय १० जना श्रोत व्यक्तिहरुको उपस्थित रहेको छ । स्नोल्याण्ड एकिकृत विकास केन्द्रको सभाहलमा संचालन भइ रहेको तालिममा प्रोसोधित विरुवाको लहरेवाली लगायतका झारपात र प्रोसोधित फलफुलबाट झोल बनाउने विधि सिकाइएको छ । त्यसै गरी अण्डाको बोक्रा लगायतका स्थानिय सामाग्रीबाट क्याल्सियम, माछाको आन्द्र भुडीबाट नाइट्रोजन,विभिन्न जनावरको हड्डीबाट फोसफोरस बनाउने विधि पनि सिकाइएको छ ।

सोही अनुसार लसुन लगायतका सामाग्रीबाट जैविक विषाधी बनाउने प्रक्रिया पनि सिकाइएको प्रशिक्षक भण्डारीले बताएका छन् । उक्त तालिम आज सोमबारबाट सुरु भइ भोली मंगलबार सम्पन्न हुने भएको छ । प्राकृतिक खेती सम्बन्धीको दुइ दिने तालिममा सिकाइएका र बनाइएका मल तथा पोषण तत्व विरुवाको वृद्धि विकासका लागी प्रयोग हुने र जैविक विषाधी बालिमा किरा लाग्न नदिनका लागी यसको प्रयोग हुने स्नोल्याण्ड एकिकृत विकास केन्द्रका कार्यकारि निर्देशक गोविन्दबहादुर शाहीले बताएका छन् । उक्त तालिममा गिता रोकाया, छपदन लामा, गुयला रावत, बास्कला रोकाया लगायत १० जनाको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
सीमित स्रोत–साधनका बीच स्वास्थ्य सेवा कार्यालय हुम्लाले जटिल शल्यक्रिया
हुम्लालाई अषाढ तेश्रो साता भित्रै पुर्ण खोप शुनिश्चितता तथा दिगोपना
ट्राफिक नियम उलंङघन गर्दा हुने समस्या सम्बन्धि अभिमुखिकरण

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९