राज शाही आइतबार, बैशाख २७, २०८३ मा प्रकाशित

हुम्ला जिल्लामा संचालन भएको राष्ट्रपति रनिङ सिल्ड खार्पुनाथ गाउँपालिकाले जित हाँसिल गरेको छ । उक्त गाउँपालिकाले खार्पुनाथ गाउँपालिका वडा नं ५ मा स्थापित खार्पु शिव मन्दिरमा विधिवद्धरुपमा पुजा आजा गरी सिल्डको पुजारीबाट अविसेक गरी गाउँपालिका भित्रायको हाम्रा  जानकारी प्राप्त भएको छ  ।

पँन्च कन्याबाट सिल्डलाई पवित्र बनाइ सामाजिक विकास कार्यालय प्रमुख इश्वर बहादुर सिंह, मुख्य रेफ्रि चुमन रावत लगायतका व्यक्तीहरुको उपस्थितमा खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावललाई भव्य कार्यक्रमका बीच हस्तान्त्रण गरेको हाम्रा खवर प्राप्त भएको हो  । उक्त शिल्ड सहित खेलाडीलाई खार्पुनाथ गाउँपालिकाका स्थानियवासीले बाजागाजा सहित गाउँपालिका याँङचु बजार पुर्याएका थिए ।

जिल्लाका ७ वटा गाउँपालिकाको सहभागिता रहेको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा खार्पुनाथ गाउँपालिका विजयी भएको घोषण गरे सँगै खार्पुनाथका खेलाडी, स्थानिय व्यक्तित्व, जनप्रतिनिज लगायतले यस अघि हुम्ला जिल्लाको सदरमुकाम सिमकोट बजारमा विजयी र्याली समेत निकालेका थिए ।

सातवटै गाउँपालिका बीच भएको कडा प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै खार्पुनाथले ८ स्वर्ण पदकसहित प्रतिष्ठित रनिङ शिल्ड आफ्नो हात पारेको हो  ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९