राज शाही आइतबार, बैशाख २७, २०८३ मा प्रकाशित

जिल्लामा रहेका प्रदेश स्तरका कार्यालयहरुको कार्य सम्पादनमा समन्वयकारी भुमिका नभएको भन्ने जनगुनासो प्राप्त भएको छ । हुम्ला जिल्लामा रहेका प्रदेश स्तरका कार्यालयहरुले गरेका विकास निर्माण  अन्य क्रियाकलापहरुको स्थानिय तहसँग समन्वयकारी भुमीका भएन लापरबाही भयो भन्दै स्थानिय सरकारका जन प्रतिनिधीहरुले प्रमुख जिल्ला अधिकारी लगायत सरोकारवाला निकायको बैठकमा गुनासो गर्न थालेका छन् ।

हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले सहकार्य, समन्वय र सह अस्तित्वको संघिय सिदान्त र संविधान अनुसार समन्वयकारी भुमिकामा रहन नचायको बताएका छन् । प्रदेश स्तरीय कार्यालयहरुले स्थानिय तह सँग समन्वय गर्नु नै पर्ने, कतिपय नितिगत समस्या होलान तर प्रदेश स्तरका कार्यालयहरुले उभोक्ता समितिबाट संचालन भएका योजनाहरुको स्थानिय तहको सिफारिस माग्ने, ठेक्काबाट संचालन भएका आयोजनाहरुको स्थानिय तहबाट सिफारिस नमाग्नुले तँहा स्वार्थ बाँजिएको प्र जि अ रेग्मीले बताएका छन् ।

चाहिने भए उपभोक्ता र ठेक्का दुबै प्रक्रियाबाट संचालन भएका आयोजनाहरुको लागी स्थानिय तहको सिफारिस चाहिनु पर्ने हो  नचाहिने भए दुवैको नचाहिनु पर्ने रेग्मीले बताएका छन् । यो दोहोरो माप दण्ड हुनु हुँदैन, यो प्रदेश स्थरका कार्यालयको दोमुखे चरित्र हो यसमा छलफल हुन आवश्यक रहेको प्र जि अ  रेग्मीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९