राज शाही शुक्रबार, बैशाख २५, २०८३ मा प्रकाशित

featured photo: Mansarowar Times

कर्णाली प्रदेशको हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख को एक गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाको गरिएको छ ।पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गाउँपालिकामा खार्पुनाथ गाउँपालिका रहेको छ । गाउँपालिका भित्रका १५ महिना भित्रका सम्पूर्ण बालबालिकाहरूले राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सबै मात्राका खोप लगाएको प्रमाणीकरण गरिएपछि खार्पुनाथ गाउँपालिकालाई  पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणाको गरिएको खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखा नरसिङ स्टाप मनमाया वली शाहीले बताएकी छन्  ।

गाउँपालिकाले खोप लगाउन छुटेका बालबालिकालाई खोजी गरी पूर्ण खोप लगाएपछि जिल्ला खोप समन्वय समितिलाई भेरिफिकेसनका लागि अनुरोध गरेको थियो । पालिकालाई पूर्णखोप सुनिश्चितता घोषणाका लागि जिल्ला खोप समन्वय समितिले अनुगमन गरी भेरिफिकेसन समेत गरे पछि पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

 

 

गाउँपालिका भित्रका १६ देखि ५९ महिनासम्मका सम्पुर्ण बालबालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । सम्पुर्ण स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाई गरी साता वटा स्वास्थ्य संस्था रहेका छन् । जिल्ला खोप समन्वय समितिको बैठकबाट पालिकालाई घोषणाका लागि अनुमति तथा जानकारी पत्र प्रदान गरेपछि वैशाख महिनाको २५ गते आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको, खार्पुनाथका ५ वटा वडा मध्ये ५ वटै  वडा पूर्णखोप सुनिश्चित वडा घोषणा भइसकेको गाउँपालिकाका अध्यक्ष कर्ण रावलले  बताएका छन।

खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावलको अध्यक्षता संगै उपाध्यक्ष ज्ञानबहादुर सिंह,प्रमुख प्रशासकिय अधिकृत विष्णुबहादुर शाही, वडा नं १ का जयबहादुर शाही, २ का चन्द्र रावल, ३ का च्याँगा बोहोरा,४ का रंगमती शाही र ५ वडाका वडा अध्यक्ष भरतजंग शाही सँगै स्वास्थ्यकर्मी, महिला स्वय सेवीका लगायत पत्रकार नागरीक समाजको उपस्थित रहेको थियो ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९