राज शाही बिहिबार, बैशाख २४, २०८३ मा प्रकाशित

काठ च्यात्ने क्रममा काठको गोलिया अर्थात मुडा लागेर एक जना बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्केगाड गाउँपालिका वडा नं ८ फुचा गाउँ निवासी जोगविर बुढाका छोरा वर्ष १४ का कविन्द्र बुढा रहेका छन् । कर्णाली प्रदेश हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका वडा नं ८ मा स्थापित निलकण्ठ आधारभुत विद्यालय फुचामा निज बालक कक्षा ७ मा अध्ययनरत रहेको सोही विद्यालयका शिक्षक ओम प्रसाद जैसीले बताएका छन् ।

विहिबार विहान ११ वजे आफ्ना भेडा बाख्रा चरि चरनका लागी सोही गाउँपालिकाको वडा नं ८ को भुलभुले पानी भन्ने ठाउँमा लिएको समयमा काठ चिरान दरान गरी रहेका सोही गाउँपालीका वडा नं ८ का सुव्या सार्की र धुन शाहीले काठ चिरान गर्ने गोलिया पल्टाउदा तल जंगलमा रहेका बालकलाई लागी करिव १ सय मिटर तल सिप्का खोलामा फालेको जैसीले बताएका छन् ।

उनको लाश मुचुल्काका लागी जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थलमा पुगी नसकेकाले खोलाबाट नउठाइएको जानकारी प्राप्त भएको छ । काठ चिरान दरान गर्ने सुव्या सार्की र धुन सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९