प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल सकिएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा करिब तीन घण्टा छलफल भएको थियो ।
छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए ।
पार्टीमा देखिएको संकट समाधानका लाागि भन्दै नेकपाले जारी स्थायी कमिटी बैठक स्थगित गरेर शीर्ष नेताहरु छलफल जुटेका हुन् । नेकपा स्थायी कमिटी बैठकमा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठेपछि पार्टीभित्र विवाद उत्कर्षमा पुगेको छ ।
शुक्रबारको छलफलमा दुई नेताबीच ठोस सहमति नभएको नेता शर्माले बताए । नेताहरुबीच खुला खुला छलफल भयो । विषयवस्तुमा ठोस सहमति भएको छैन । अर्को राउण्ड फेरि छलफल हुने भएको छ,’ नेता शर्माले भने ।