राज शाही मंगलबार, बैशाख ०८, २०८३ मा प्रकाशित

आर्थिक अवस्था कम्जोर भएका ३ वटा गाउँपालिकाका १५ घरधुरीलाई घर मर्मत  र १८ वटा घरधुरीलाई शौचालय निर्माणका सामागी सहयोग गरिएको छ । सहयोग पाउनेमा हुम्ला जिल्लाका सिमकोट, खार्पुनाथ र सर्केगाड गाउँपालिकाका घरधुरी रहेका छन् ।

सिमकोट गाउँपालिकाका वडा नं १,२,७ र ८ का रहेका छन् । घर मर्मतका लागी ४ घरधुरीलाई प्रति घरधुरी २ लाखका दरले ८ लाख नगद, जस्ता पाता र अन्य निर्माण सामाग्री रहेका छन् । त्यसै गरी स्वास्थ्य तथा सरसफाइमा सौचालय निर्माणका  ९ घरधुरीलाई प्रति घरधुरी १५ हजारका दरले १ लाख ५० हजार नगद र सौचालयमा प्रयोग हुने प्यान, जस्ता पाता, ड्रम सरिया सिमेन्ट उपलब्ध गराइएको छ ।

खार्पुनाथ गाउँपालिका वडा नं १,३,४ र ५ नम्बर वडाका ७ घरधुरीलाई घर मर्मतका लागी प्रति घरधुरी २ लाखका दरले १४ लाख नगद र जस्ता पाता र अन्य निर्माण सामाग्री सहयोग गरिएको स्नोल्याण्ड एकिकृत विकास केन्द्रका कार्यकारि निर्देशक गोविन्दबहादुर शाहीले बताएका छन् । त्यसै गरी सोही गाउँपालिकाका ५ घरधुरीलाई सौचालय निर्माणका लागी प्रतिघरधुरी १५ हजारका दरले ७५ हजार नगद र प्यान, जस्तापाता,ड्रम र सिमेन्ट सहयोग गरिएको निर्देश शाहीले बताएका हुन ।

सर्केगाड गाउँपालिका वडा नं १,५,७  र ८ का ४ घरधुरीलाई घर मर्मतका लागी प्रतिघरधुरी २ लाखका दर ८ लाख नगद र अन्य निर्माण सामाग्री, र सौचालय निर्माणका लागी प्यान, जस्ता पाता,ड्रम र सिमेन्ट उपलब्ध गराइएको स्नोल्याण्ड एकिकृत विकास केन्द्रका जेटिय रुपसिंह भण्डारीले बताएका छन् ।

गुडनेर्वस इन्टरनेस्नल नेपालको आर्थिक सहयोग र स्नोल्याण एकिकृत विकास केन्द्र एस आइ डिसिको प्राविधिक सहयोगमा आज मंगलबार वितरण गरिएको जेटिय भण्डारीले बताएका हुन ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९