राज शाही बुधबार, बैशाख ०२, २०८३ मा प्रकाशित

अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसरमा कर्णाली प्रदेशको हुम्ला जिल्लामा पनि योगा गरि भव्यताका साथ मनाइएको छ । आयुर्वेद संसारकै प्राचीन र नेपालको मौलिक चिकित्सा पद्धति हो, जसले जडीबुटी, विशेष आहार र जीवनशैली परिवर्तन (योग, ध्यान) मार्फत शरीर, मन र आत्माको सन्तुलन कायम गरी रोगको उपचार र रोकथाम गर्दछ । यसले वात, पित्त र कफ (त्रि-दोष) को सन्तुलनमा जोड दिन्छ र पञ्चकर्म (स्नेहन, स्वेदन, वस्ति आदि) जस्ता विधिबाट शरीरको विकार बाहिर निकाली दीर्घकालीन स्वास्थ्य प्रवर्द्धन गर्ने आयुबेर्द स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख लालविर राणाले आफ्नो भनाइ राखेका थिए ।

आयुर्वेद चिकित्सा पद्धति हाम्रो सभ्यता, संस्कृति एवं जीवनका परम साध्य धर्म, अर्थ, काम, मोक्षसँग सान्निध्य राख्ने पद्धति हो। मानवलगायत सम्पूर्ण प्राणीको स्वास्थ्यको सम्वर्द्धन एवं रोगहरुको निवारणका लागि निरन्तर प्रेरणा दिने, आफू पनि बाँच्ने अरुलाई पनि बचाउने शिक्षा दिने विद्या भनेको आयुर्वेद हो। आयुर्वेदले प्राणी मात्रको स्वास्थ्यको सम्वर्द्धन लागि एकातिर अश्वायुर्वेद, हस्त्यायुर्वेद, वृक्षायुर्वेदको रुप लिएको छ। त्यस्तै कायचिकित्सा, शल्य, शालाक्य, कौमारभृत्य, रसायन, वाजीकरण, भूतविद्या, अगदतन्त्र  पहिलेदेखि प्रसिद्ध आठ अंगहरुका स्थानमा यसले द्रव्यगुण, रसशास्त्र, भैषज्यकल्पना आदि उप अंगहरुको पनि विकास गर्दै आएको जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले  बताएका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख शिवराज सर्माको उपस्थितिमा संचालन भएको उक्त दिवसमा निमित्त प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्द,प्रहरी नायव उपरिक्षक शंकर खड्का, सहस्त्र प्रहरी डियसपी अनुसन्धान अधिकृत मेघराज कंडले पत्रकारका महासंघका अध्यक्ष राजन रावत लगायत सुरक्षाकर्मीहरुको उपस्थित रहेको थियो । दिनको १ वजेबाट संचालन भएको उक्त दिवसमा नेपाल प्रहरी सहायक हवालदार धनमाया विक प्रशिक्षण गराएकी थिइन ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९