Mansarowar Times सोमबार, बैशाख २९, २०७७ मा प्रकाशित

नेपालगञ्‍ज
भेरी अस्पताल, नेपालगञ्जले पछिल्लो ६५ वटा स्याम्पलको रिजल्ट निकालेको छ। ती सबै नेगेटिभ छन्।

स्वास्थ्य कार्यालयले संकलन गरेको ६१ र मेडिकल कलेजले पठाएको चार वटा स्याम्पलको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, २७ गते संकलन गरिएको ७५ मध्येमा ६१ वटाको रिपोर्ट आएको हो।

अरु १४ वटाको रिपोर्ट आउन बाँकी रहेको छ।त्यही दिन नेपालगञ्जको टाँगा स्टेशनबाट एक सय ६२ जनाको स्याम्पल संकलन गरेर काठमाडौं पठाइएको थियो। त्यसको रिपोर्ट आइसकेको छैन।

बाँकेमा सोमबार ९२ जनाको स्वाव संकलन गरिएको छ। नेपालगञ्जको जयसपुरमा ८२ र खजुरामा १४ जनाको स्वाव संकलन गरिएको फोकलपर्सन श्रेष्ठले जानकारी दिए।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका विकास आयोजनाको अनुगमन तथा निरिक्षण
रा. स्व. पा. द्धारा जनताका कुरा हामी सुन्छौ कार्यक्रम संचालन
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९