राज शाही शुक्रबार, चैत्र २७, २०८२ मा प्रकाशित

कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीले हुम्ला जिल्लाको नवौ जिल्ला सभामा शुभकामना मन्तव्य राख्ने क्रममा 4D लाई आफ्नो अवधाराणाका रुपमा अगाडी सारेका छन्। पहिलो D  भन्नाले  (ड्रिम) अर्थात कल्पना गर्नु पर्यो, कल्पना गरी सकेपछि दोश्रो D भन्नाले (डिजाइन) अर्थात योजना बनाउनु  पर्यो,योजना  बनाइ सकेपछि तेश्रो D  (डिप्लोमेन्ट) अर्थात विकास गर्नु र चौथो D भन्नाले (डेलिभेरी) अर्थात हस्तान्तरण गर्नु रहेको पुर्व मुख्य मन्त्री शाहीले उक्त जिल्ला सभामा बताएका छन् । त्यसै गरी संविधानको धारा २२० को उपधारा (क) र (ख) मा जिल्ला समन्वय समितिको काम, कर्तव्य र अधिकारका  विषयलाई पनि उपस्थित बीच अवगत  गराएका थिए ।

नेपालको स्थानीय सरकार सञ्चालन ऐन अनुसार जिल्ला सभाले जिल्ला भित्रका पालिकाबीच समन्वय, विकास योजनाको अनुगमन र सन्तुलन कायम गर्ने मुख्य भूमिका रहने भएकाले, जिल्ला समन्वय समिति मार्फत सभाले जिल्लाको बजेट तथा योजना तर्जुमा र अनुगमन  गर्नुका साथै जिल्लाभित्रका गाउँपालिका बिच कुनै विवाद उत्पन्न भएमा सोको समाधानका लागि समन्वय तथा सहजीकरण गर्ने जलश्रोत तथा उर्जा मन्त्री विजया बोहवाराले  बताएकी छन् ।

कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा नवौ जिल्ला सभा सुक्रबार सम्पन्न भएको छ ।सहकार्य, समन्वय सुशासन र विकास, नवौ जिल्ला सभाको प्रमुख प्रयास भन्ने मुल मन्त्रका साथ उक्त सभाको उत्घाटन सत्र सम्पन्न भएको हो । जिल्ला समन्वय समितिका प्रमुख शिवराज सर्माको अध्यक्षता र कर्णाली प्रदेश पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीको प्रमुख आतिथ्य सँगै कर्णाली प्रदेशका जलश्रोत तथा उर्जा मन्त्री विजया बोहोरा, पुर्व मन्त्री रणसिंह परियार,कर्णाली प्रदेश सांसद कलबहादुर हमाल, जिल्ला समन्वय सिमितिका उपप्रमुख दलु फडेरा,खार्पुनाथ,सिमकोट र सर्केगाड गाउँपालिका अध्यक्ष र खार्पुनाथ उपाध्यक्ष, राजनितीक दलका प्रमुख एवम प्रतिनिधि सँगै निमित्त प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्द, सरकारी कार्यालयका प्रमुख एव प्रतिनिधि,४ वटा सुरक्षा निकायका प्रमुख एव प्रतिनिधि पत्रकार लगायत सरोकारवाला निकायको उपस्थितमा उक्त सभाको उत्घाटन सत्र सम्पन्न भएको हो ।

यो महत्वपुर्ण जिल्ला सभामा उपस्थित नहुने गाउँ पालिका अध्यक्ष उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतहरुलाई किन उपस्थित हुनु भए भनि भन्न सक्ने अवस्था समेत जिल्ला समन्वय समितिको नरहेको जिल्ला समन्वय समितिका प्रमुख शिवराज सर्माले  बताएका थिए ।

कर्णाली प्रदेश सांसद कलबहादुर हमाल, पुर्व जलश्रोत तथा उर्जा मन्त्री रणसिंह परियार, उपप्रमुख दलु फडेरा,पुर्वा समन्वय प्रमुख दानबहादुर रावत, पुर्व जिल्ला विकास समितिका सभापति विर्जन शाही, सिमकोट गाउँपालिका अध्यक्ष बिजय भण्डारी ,सर्केगाड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकाया र  खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावल, उपाध्यक्ष ज्ञानबहादुर सिंह लगाय राजनितिक दल र पत्रकार महासंघका अध्यक्ष राजन रावतले जिल्ला सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९