Mansarowar Times शुक्रबार, आषाढ १९, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

पछिल्लो २४ घन्टामा नेपालमा ७ सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित जानकारीका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ७ सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । यो सँगै नेपालमा सङ्क्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ । पछिल्लो २४ घन्टामा नेपालमा ४ हजार ४ सय ८३ पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा २ लाख ४२ हजार २ सय ४७ पीसीआर परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । त्यसैगरी क्वारेन्टाइनमा भने आज सम्म ३५ हजार ४ सय ७२ जना रहेका छन् । यस्तै आइसोलेसनमा ९ हजार ८४ जना सङ्क्रमितहरु उपचाररत छन् । पछिल्लो २४ घण्टामा ८ सय २३ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ६ हजार १ सय ४३ पुगेको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९