राज शाही शनिबार, चैत्र १४, २०८२ मा प्रकाशित

कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा आइभरमेक्टनि खुवाइएको छ । हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र  ख को खार्पुनाथ गाउँपालिका वडा नं ५ का सबै गाउँ बस्तीमा पालीएका चौपायाहरुलाई खुवाइएको हो । सोही गाउँपालिका वडा नं ५ को आर्थिक सहयोग सँगै वडा अध्यक्ष भरतजंग शाहीको पहलमा लगाइएको जानकारी प्राप्त भएको छ ।  वर्षे मौसममा लाग्ने विभिन्न रोगबाट भेडा बाख्रा नमरुन र कृषकको क्षेती हुनबाट बचाउनका लागी पनि उक्त खोप लगाइको वडा अध्यक्ष शाहीले बताएका छन् ।  मुख्यतया पशुहरूको आन्तरकि र बाह्य परजीवी जुका, उपियाँ, उडुस र किर्ना नियन्त्रण गर्ने औषधी रहेको खार्पुनाथ गाउँपालिका पशु शाखाले जनाएको छ ।

 

खोप तथा मुखबाट दिइन सकिने यो औषधीले भेडा बाख्राको स्वास्थ्यमा सुधार ल्याउने, तौल बढाउने, छिटो हुर्कने काम गर्नुका साथै मृत्युदरमा कमी  परजीवीका कारण हुने रोग र कमजोरीबाट जोगाउने उद्देश्यले यो औषधी तथा खोप लगाइएको वडा अध्यक्ष शाहीले बताएका छन् । खार्पुनाथ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष भरतजंग शाहीको प्रत्यक्ष निगरानीमा सो वडाका ४२ सय भेडा बाख्राहरुलाई सो खोप तथा औषधी लगाइनु र खुवाइनुले त्यहाँ पशु चौपाया पालक कृषक खुसी हुनुका साथै राहत मिले प्रतिक्रिया दिएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९