नसर्ने रोग सम्बन्धीको एक महिने स्क्रिनिङ अभियान सम्पन्न भएको छ । उक्त अभियान कर्णाली प्रदेशको हुम्ला जिल्ला सदरमुकाम सिमकोट स्थित सिमकोट गाउँपालिकाले संचालन गरेको हो । यस अघि सरोकारवाला निकाय सँगै पत्रकारको उपस्थितमा गाउँपालिका केन्द्र सिमकोटबाट सुरु गरेको उक्त अभियान सम्पन्न गरेको हो । सिमकोट गाउँपालिकामा ८ वटा वडा रहेका छन् । प्रत्येक वडामा स्वास्थ्यकर्मी पुगी उक्त अभियान संचालन गरेको सिमकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नरबहादुर भण्डारीले बताएका छन् । सिमकोट गाउँपालिका अन्तरगत वडामा रहेका स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी खटी ३० वर्ष माथि उमेर समुहका स्थानिय वासीलाई नसर्ने रोगको स्क्रिनिङ गरेका हुन ।

जस अनुसार सिमकोट गाउँपालिका वडा नं १मा परिक्षण गरिएको जम्मा संख्या १ सय ४३ जना मध्य उच्च रक्तचाप २०, मधुमेह २, मृगौलाको रोग ०, मोटोपना ३१, प्रेषण २ जना शाखा प्रमुख भण्डारीले बताएका छन् । सिमकोट गाउँपालिका वडा नं २मा परिक्षण गरिएको जम्मा संख्या ३ सय ६ जना मध्य उच्च रक्तचाप ११, मधुमेह २, मृगौलाको रोग १६, मोटोपना ६६, प्रेषण २ जना, वडा नं ३ मा परिक्षण गरिएको जम्मा संख्या २ सय १० जना मध्य उच्च रक्तचाप १९, मधुमेह ३, मृगौलाको रोग १२, मोटोपना ९, प्रेषण ३३ जना वडा नं ४ मा परिक्षण गरिएको जम्मा संख्या १ सय १० जना मध्य उच्च रक्तचाप २७, मधुमेह २, मृगौलाको रोग १, मोटोपना ३०, प्रेषण ३३ जना, वडा नं ५ मा परिक्षण गरिएको जम्मा संख्या २ सय ५५ जना मध्य उच्च रक्तचाप ५४, मधुमेह ७३, मृगौलाको रोग ४२, मोटोपना ४२, प्रेषण ५५ जना, वडा नं ६ मा परिक्षण गरिएको जम्मा संख्या ९० जना मध्य उच्च रक्तचाप २२, मधुमेह ४७, मृगौलाको रोग ३४, मोटोपना १७, प्रेषण २२ जना, वडा नं ७ मा परिक्षण गरिएको जम्मा संख्या १ सय १ जना मध्य उच्च रक्तचाप २१, मधुमेह ८, मृगौलाको रोग ७, मोटोपना ६, प्रेषण २८ जना र वडा नं ८ मा परिक्षण गरिएको जम्मा संख्या १ सय ९१ जना मध्य उच्च रक्तचाप १७, मधुमेह १, मृगौलाको रोग ४, मोटोपना १७, प्रेषण २ जना रहेको शाख प्रमुख भण्डारीले बताएका छन् ।

नसर्ने रोग सम्बन्धिको एक महिने स्क्रिनिङ अभियानमा सिमकोट गाउँपालिका भर परिक्षण गरिएको संख्या १३ सय ३४ जना रहेका छन् । जस मध्य रक्तचाप १९१, मधुमेह १३८, मृगौलाको रोग ११६, मोटोपना २१८, प्रेषण १ सय ५६ जना रहेको शाखा प्रमुख भण्डारीले बताएका छन् ।