राज शाही बुधबार, चैत्र ११, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लाका ५ वटा विद्यालयलयलाई शैक्षिक तथा खेलकुदका सामाग्री हस्तान्तरण गरिएको छ । उक्त सामाग्री हुम्ला जिल्लाको प्रदेश निर्वाचन क्षेत्र ख को खार्पुनाथ गाउँपालिका वडा नं ५ मा वितरण गरिएको हो । विद्यार्थीहरुको बौधिक विकास र शारीरिक स्फुर्तिकालागी उक्त सामाग्री वितरण गरिएको खार्पुनाथ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष एव मान्धारा माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतजंग शाहीले बताएका छन् । वितरण गरिएका सामाग्रीहरुमा भलिवल, रिङ लुडो लगायत अन्य अध्ययन अध्यापनका शैक्षिक सामाग्रीहरु वितरण गरिएको अध्यक्ष शाहीले बताएका छन् ।

खार्पुनाथ गाउँपालिका वडा नं ५ मा आयोजित एक कार्यक्रममा विच सोही वडामा रहेका मान्धारा माध्यामिक विद्यालय, बागेश्वरी आधारभुत विद्यालय ताक्ला, हिल्सा नौ धारा आधारभुत विद्यालय दुर्पा, अमरसिंह आधारभुत विद्यालय याँङचु र जोगराज आधारभुत विद्यालय स्यालाबाडामा वितरण गरिएको हो । खार्पुनाथ गाउँ पालिका वडा नं ५ भित्र रहेका ग्रामिण क्षेत्रका विद्यालयहरुको शैक्षिक स्तर उकास्न र बालबालिकालाई विद्यालय प्रति आकर्षित गर्ने उद्देश्यका साथ यी खेलकुद तथा शैक्षिक सामाग्री वितरण गरिएको अध्यक्ष शाहीले बताएका छन् ।

उक्त सामाग्री विद्यालयले प्राप्त गरे पछि विद्यार्थीलाई पठन पाठन गराउन र खुलकुदका क्रियाकलाप गर्न सहज भएको जोगराज आधारभुत विद्यालयका प्रधानाध्यापक धिरेन्द्र शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
नसर्ने रोग सम्बन्धिको एक महिने अभियानमा १३ सय ३४ जनाको स्क्रिनिङ
५ वटा विद्यालयहरुलाई शैक्षिक तथा खेलकुदका सामाग्री हस्तान्तरण
आर्थिक उपार्जनका लागी किसानलाइ मौसमी तथा वेमौसमी तरकारीको विउ

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९