राज शाही बुधबार, चैत्र ०४, २०८२ मा प्रकाशित

किसानको आर्थिक उपार्जनका लागी मौसमी तथा वेमौसमीतरकारीको विउ वितरण गरिएको छ । वर्खे मौसममा लगाइने तरकारी तथा सागको विउ सिमकोट गाउँपालिकाले ८५ प्रतिसद अनुदानमा वितरण गरेको हो ।  कर्णाली प्रदेश हुम्ला जिल्लाको सिमकोट गाउँपालिका अन्तरगत कृषि शाखाले उक्त विउ वितरण गरेको सोही शाखा प्रमुख नेत्रबहादुर शाहीले बताएका छन्

फलफुलको विकासका लागी स्याउ तथा ओखरका पकेट क्षेत्र छुट्याइ सिमकोट गाउँपालिका वडा नं ३, ५ र ६मा विरुवा वितरण  गरेको उक्त गाउँपालिकाले यो वर्षे मौसमका लागी तरकारी तथा सागको विउ वितरण गरेको छ।  ८५ प्रतिसद अनुदानमा बितरण गरिएका तरकारी तथा सागका विउहरुमा रायो, पालङगो, स्वी साग, धनिया, व्याज, वन्द काउली, फुल काउली लगायतका तरकारी तथा सागको विउ रहेको प्रमुख शाहीले  बताएका छन् ।

रैथाने बाली उत्पादन गर्न प्रोत्साहनका लागी सिमिमा ३०, फापर, चिनो, काउनोमा ५।५ रुपैंया र उवामा १० रुपैंया अनुदान दिएर बजारीकरण गरि रहेको उक्त गाउँपालिकाले तरकारी तथा सागको विउ वितरण गर्नुको मुख्य उद्देश्य कृषकहरुले वर्षे मौसममा बढी भन्दा बढी तरकारी तथा साग उत्पादन गरी बजारको माग पुर्ती गर्न सकुन र आर्थिक उपार्जन गरी आत्म निर्भर होउन भन्ने मुल ध्यय रहेको प्रमुख शाहीले बताएका छन् । सोही विउ बजारमा किन्नु पर्दा एक पाकेटको २ सय देखि ५सय सम्म खरिद मुल्य पर्ने गरेको छ ।  विउ सिमकोट गाउँपालिका भित्रका कृषकलाई मात्र दिने गरेको छ ।

बाली संरक्षणका कार्यक्रम सँग सँगै समुह तथा सहकारी व्यवस्थापनका काम गर्दै आएको उक्त गाउँपालिकाले विउ लिइ सकेपछि कृषकले सहि सदुउपयोग  गरे नगरेको तर्फ पनि कृषि शाखा सजग रहेको र सोको सुस्म ढंगले अनुसन्धान समेत गरी रहेको शाहीले बताएका छन् । सही सदुउपयोग नगर्ने कृषक तथा व्यक्तिको बस्तु निष्ट प्रमाण भेटिय कार्वाहीको दायरमा ल्याइ गाउँपालिका कृषि शाखाबाट उपल्बध हुने सेवा सुविधाबाट बन्चित गर्ने पनि प्रमुख शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९