गोर्ख रोकाया शुक्रबार, आषाढ १९, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

सौचलाय सही ढंगले प्रयोग गर्नेलाई पुरुषकृत गरिएको छ । पुरुषकृत हुनेमा हुम्ला जिल्ला खार्पुनाथ गाउँ पालिका वडा नं ५ दुर्पा गाउँका रहेका छन् । पुरुषकार ग्रामिण जलश्रोत परियोजना तेश्रोचरणको आर्थिक सहयोग र स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसीको प्राविधक सहयोगमा गरिएको हो ।

५० घर धुरी रहेको खार्पुनाथ गाउँ पालिका वडा नं ५ दुर्पा गाउँमा प्रत्येक घरधुरीले सौचालय बनाइ प्रयोगमा ल्याएको भए पनि त्यस मध्य प्राविधक मापदण्ड अनुसार निर्माण गरेको र सफा सुघर राख्ने ११ घरधुरीलाई पुरुषकृति गरिएको छ । जस मध्य ३ घरपरिवार सौचालय सरसफाइ र प्रयोगमा उत्कृष्टमा परेका छन् भने ८ घरधुरी मध्यमा परेको स्थानियवासी जयमति रोकायाले बताएकी छन् ।

वडा सदस्य हिरामता रोकाया, सरसफाइ तथा स्वच्छता प्रवन्धक, शिक्षक विद्यार्थीले गरेको सौचालय अनुगमनमा उक्त कुरा देखिएको हो । सौचालय सरसफाइ राख्ने ११ जनालाई किसान माइक्रो फाइनन्सका प्रवन्धक मान प्रसाद जैसी र वडा सदस्य हिरामता रोकायाले सरसफाइका सामाग्री सावुन र सेनेटाइजर वितरण गरेका थिए ।

हुम्ला जिल्ला खार्पुनाथ गाउँ पालिका वडा नं ५ दुर्पा गाउँका स्थानियवासीलाई स्वास्थ्य किलिनिक दुर्पाका इन्चार्ज गिता वुढा र सरसफाइ तथा स्वच्छता प्रवन्धक जरमबहादुर शाहीले सरसफाइ र कोराना भाइरस सम्बन्धी जनचेतना मुलक कार्यक्रम सामाजिक दुरी कायम गरि संचालन गरेको स्थानियवासी रोकायाले बताएकी छन् ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९