गोर्ख रोकाया शुक्रबार, आषाढ १९, २०७७ मा प्रकाशित

हुम्ला

सौचलाय सही ढंगले प्रयोग गर्नेलाई पुरुषकृत गरिएको छ । पुरुषकृत हुनेमा हुम्ला जिल्ला खार्पुनाथ गाउँ पालिका वडा नं ५ दुर्पा गाउँका रहेका छन् । पुरुषकार ग्रामिण जलश्रोत परियोजना तेश्रोचरणको आर्थिक सहयोग र स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसीको प्राविधक सहयोगमा गरिएको हो ।

५० घर धुरी रहेको खार्पुनाथ गाउँ पालिका वडा नं ५ दुर्पा गाउँमा प्रत्येक घरधुरीले सौचालय बनाइ प्रयोगमा ल्याएको भए पनि त्यस मध्य प्राविधक मापदण्ड अनुसार निर्माण गरेको र सफा सुघर राख्ने ११ घरधुरीलाई पुरुषकृति गरिएको छ । जस मध्य ३ घरपरिवार सौचालय सरसफाइ र प्रयोगमा उत्कृष्टमा परेका छन् भने ८ घरधुरी मध्यमा परेको स्थानियवासी जयमति रोकायाले बताएकी छन् ।

वडा सदस्य हिरामता रोकाया, सरसफाइ तथा स्वच्छता प्रवन्धक, शिक्षक विद्यार्थीले गरेको सौचालय अनुगमनमा उक्त कुरा देखिएको हो । सौचालय सरसफाइ राख्ने ११ जनालाई किसान माइक्रो फाइनन्सका प्रवन्धक मान प्रसाद जैसी र वडा सदस्य हिरामता रोकायाले सरसफाइका सामाग्री सावुन र सेनेटाइजर वितरण गरेका थिए ।

हुम्ला जिल्ला खार्पुनाथ गाउँ पालिका वडा नं ५ दुर्पा गाउँका स्थानियवासीलाई स्वास्थ्य किलिनिक दुर्पाका इन्चार्ज गिता वुढा र सरसफाइ तथा स्वच्छता प्रवन्धक जरमबहादुर शाहीले सरसफाइ र कोराना भाइरस सम्बन्धी जनचेतना मुलक कार्यक्रम सामाजिक दुरी कायम गरि संचालन गरेको स्थानियवासी रोकायाले बताएकी छन् ।

सम्बन्धित

ताजा अपडेट
रा. स्व. पा. द्धारा जनताका कुरा हामी सुन्छौ कार्यक्रम संचालन
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९