राज शाही मंगलबार, चैत्र ०३, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

कर्णाली प्रदेश निर्वाचन क्षेत्र ख मा यति वेला पीपिआर विरुद्धको भ्याक्सिनेसनको कार्यक्रम संचालन भइ रहेको छ । भेडा बाख्रामा बर्खे मौसममा बढी देखिने रोगका विरुद्ध पीपिआर  खोप लगाउने कार्य सिमकोट गाउँपालिकाले मंगलबारबाट सुरु गरेको सोही गाउँपालिका पशु शाखा ना प्र स विष्णु बुमिले बताएका छन् ।

जस अनुसार मंगलबार सिमकोट गाउँपालिका वडा नं ८ मा रहेका साँता र याँङगु गाउँलाइ केन्द्रित गरी सोही वडाको लाङामडुमा २ हजार १ सय ५० भेडा बाख्रालाई पीपिआर विरुद्धको खोप लगाएको छ । त्यसै गरी खोल्सी गाउँलाई कन्द्रित गरी खोल्सी खोप केन्द्रमा  १ हजार १ सय भेडा बाख्रालाई उक्त खोप लगाइएको छ । त्यसै गरी बुधबार सोही गाउँपालिका वडा नं ८ को स्याँडा र ७ को चारटाँगेमा उक्त खोप लगाइने भएको छ ।

सिमकोट गाउँपालिकाका अन्य वडामा पनि क्रमस लगाउदै जाने पनि ना प्र स बुमीले बताएका छन् । केही भेडा बाख्रा अछाम तिर गएकाले उता खोप नलगाएका भेडा बाख्रालाई पछि लगाउने गरी भ्याक्सिने मौजात राख्ने पनि बुमीले बताएका छन् । विशेष गरी भेडा बाख्रालाई पखाला लाग्ने,दुब्लाउने, मुख पाक्ने जस्ता रोगबाट बच्नको लागी उक्त खोप दिइने गरिएको बुमीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बैशाख २२ गतेबाट
कक्षा १२ को २ परिक्षा केन्द्रमा ४ जना परिक्षार्थी अनुउपस्थि
करिव २ हप्ता अवरुद भएको 4 G सेवा मर्मत पछि संचालनमा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९