राज शाही सोमबार, चैत्र ०२, २०८२ मा प्रकाशित

अबैध चाइनिज  मदिरा ओसार पसार र बिक्रि वितरण सँगै अन्य अपराधिक घटनाहरुको बारेमा पत्रकार प्रहरी प्रमुख बिच छलफल भएको छ । अबैध चाइनिज मदिरा भित्रिने मुख्य नाकाहरु यति वेला खुली मानिसहरुको आवत जावत बाक्लिन थाले पछि हुम्ला प्रहरी प्रमुख डिएपी शंकर खड्का र हुम्ला जिल्लामा क्रियासिल पत्रकारहरु बीच भेट बार्ता भएको हो ।

हुम्ला जिल्लामा अपराध बढाउने मुख्य जड नै अबैध चाइनिज मदिरा भएकाले त्यसलाई जिल्ला भित्रिन नदिनका लागी के गर्न सकिन्छ भन्ने विषय बस्तु माथि केन्द्रित रहि प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक  खड्का र पत्रकार बीच छलफल भएको थियो । उक्त छलफलमा मुख्य गरी अबैध चाइनिज मदिरा भित्रीने मुख्य नाका नाम्खा गाउँपालिकाको हिल्सा नाका र चंखेली गाउँपालिकाको टाँके नाका भएकाले यी नाकाहरुमा सुरक्षाकर्मीलाई कडाइका साथ परिचालन गरीने र को कसबाट अवैध मदिरा भित्रीन्छ त्यसको जानकारी पत्रकारहरुले लेखन शैलीबाट बाहिर ल्याउने कुराका विषयमा छलफल भएको हो ।

यो पछिल्लो समय जिल्लामा आत्म दाह ,बालबिबाह, बहुबिबाह, घरेलु हिंसा, बलत्कारका घटना पनि बढ्दै गएकाले त्यसको निगरानी पत्रकार सुरक्षाकर्मीले गरी समयमै स्थानिय नागरिलाई सजक बनाउने समेतका विषयमा पनि छलफल भएको छ । सोही अनुसार यस अघि हुम्ला जिल्लाको विभिन्न गाउँ घर नाकाबाट बरमद भइ जिल्ला प्रहरी कार्यालय हुम्लाको परिसरमा रहेको अबैध चाइनिज मदिरा नष्टका लागी पनि सामान्य छलफल गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९