राज शाही बिहिबार, फाल्गुण २८, २०८२ मा प्रकाशित

हिमाली जिल्ला हुम्लामा ट्राफिक नियम सबन्धि नागरिक सुनुवाइ कार्यक्रम संचालन गरिएको छ । जिल्लामा स्थापित पत्रकार र विशेष गरी सवारी चालकहरुको उपस्थितमा सोही कार्यालयले चालु आर्थिक वर्षको साउन देखि माघ महिना सम्म विभिन्न किसिमबाट उठाएको राजस्व रकमको बारेमा जानकारी गराएको थियो । कार्यालयले ट्याक्टर, बुलेरो जिपकार, ट्रक, मोटरसाइकल चालकहरुले ट्राफिक नियम विपरित कार्य गरेबापत कार्वाही गरी १ लाख ६८ हजार राजस्व असुली गरेको सोही कार्यालयका प्रमुख केस सिंह धामीले बताएका छन् ।

चालु आर्थिक वर्षको साउनमा ९ हजार ५ सय, भाद्र महिनामा १४ हजार, असोज महिनामा ९ हजार ५ सय, कार्तिक महिनामा ८ हजार ५ सय, मंसिर महिनामा ३० हजार, पौष महिनामा४० हजार र माघ महिनामा ५६ हजार ५ सय गरी जम्मा १ लाख ६८ हजार राजस्व संकलन गरेको ट्राफिर प्रहरी प्रमुख विष्ठले बताएका छन् ।

सवारी चालक पत्रकारको उपस्थित रहेको उक्त कार्यक्रममा ट्रफिक प्रमुख विष्ठले ट्राफिक नियम भन्नाले सडकमा सवारी साधन र पैदलयात्रीहरूको सुरक्षित, व्यवस्थित र अनुशासित आवागमन सुनिश्चित गर्न सरकारद्वारा बनाइएका कानुन, संकेत र निर्देशिकाहरूलाई निर्देशित गर्ने गरेको यसरी बताएका थिए । यसले दुर्घटना कम गर्न, ट्राफिक जाम व्यवस्थापन गर्न र सडक सभ्यता कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने गरेको पनि प्रमुख विष्ठले बताएका थिए ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९