राज शाही मंगलबार, फाल्गुण २६, २०८२ मा प्रकाशित

कर्णाली प्रदेशको हुम्ला जिल्लामा बधाइ तथा सम्मान कार्यक्रमको आयोजना गरिएको छ । प्रतिनिधि सभा सदस्य पदको निर्वाचन गत फागुन २१ गते सम्पन्न भइ मतपरिणाम सार्वाजनिक भए पश्च्यात नेपाली काँग्रेस हुम्लाले वधाइ तथा सम्मान कार्यक्रमको आयोजना गरेको हो । मंगलबार दिनको १ बजे बिजय होटलमा पार्टी सभापति मोहन विक्रम सिंहको अध्यक्षता र कर्णाली प्रदेश पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीको प्रमुख आतिथ्य संगै जलश्रोत तथा उर्जा मन्त्री बिजया बुढा लगायतका व्यक्तित्वहरुको आतिथ्यमा उक्त कार्यक्रम संचालन गरेको हो ।

देशमा बदलिदो पस्थितिका बाबजुत पनि नेपाली काँग्रेस कर्णाली प्रदेश सांसदीय दलका नेता जिवनबहादुर शाहीकै नेतृत्वमा हुम्ला जिल्ला सहित कर्णाली प्रदेशमा नेपाली काँग्रेसले गत फागुन २१ भएको आम निर्वाचनमा ५ सिटमा जित हाँसिल गर्न सफल भएको, हुम्ला जिल्लामा नेपाली काँग्रेसलाई जित हाँसिल गराउन पुर्व मुख्य मन्त्री शाहीकै योगदान रहेको कुरालाई पार्टी भित्र स्मरण गरी शाहीलाई रातो काम्लोको दोसल्ला ओडाइ, नेपालको झण्डा, टसी खादा र सम्मान पत्र उपलब्ध गराइ पार्टी सभापति सिंह सहित जिल्ला कार्य समितिका पदाधिकारी लगायत नेपाली काँग्रेसजनले सम्मान गरेका हुन ।

नेपाली कांग्रेस हुम्लाको माया,सम्मान र सद्भाव प्रति सधैं कृतज्ञ रहने,यो सम्मानले हामीलाई जिल्लाको समृद्धि एवम् आर्थिक, सामाजिक रूपान्तरण लगायत सर्वांगिण विकासमा निरन्तर र अहोरात्र खटि रहन थप उर्जा, हौसला अनि, प्रेरणा मिलेको र हामीलाई जिल्ला सम्वृद्धिका लागी झक्झक्याई रहने पुर्व मुख्य मन्त्री शाहीले बताएका छन् ।

प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका जयपति रोकायालाई रातो काम्लो, नेपालको झण्डा, टसी खादा र बधाइ पत्र उपलब्ध गराइ पार्टी सभापति सहित जिल्ला कार्य समितिका पदाधिकारी लगायत नेपाली काँग्रेसजनले सम्मान गरेका थिए ।

बधाइ तथा सम्मान पश्चायत रोकायाले हुम्ला जिल्लाको विकास सँग सँगै जिल्लाको हितकर हुने निति, नियम, कानून, बनाउनका लागी सँधै अग्रसर हुने, हुम्ला जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य सडक रोजगार लगायतका क्षेत्रहरुको पहिचान गरी ति क्षेत्रहरुको सम्बृद्धिका लागी आफु लागी पर्ने बताएका छन् ।

सोही कार्यक्रममा नेपाली काँग्रेस क नं प्रदेश महिला संघ सभापति पवित्रा देवकोटा, ख नं प्रदेश सभापति छपाल लामा, कालिबहादुर भण्डारी, दिप भण्डारी लगायतका व्यक्तिहरुले गितबाट बधाइ तथा सम्मान गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९