राज शाही आइतबार, फाल्गुण १७, २०८२ मा प्रकाशित

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत हुम्लाका ६० मतदान स्थल र ६४ वटा मतदान केन्द्रमध्ये एक मतदान केन्द्रमा शतप्रतिशत महिला कर्मचारी खटाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सिमकोट गाउँपालिका वडा नं ५ सिमकोट स्थित भिमसेन आधारभूत विद्यालय मतदान केन्द्रमा सबै कर्मचारी महिला रहने गरी कार्य विभाजन गरिएको छ ।

मतदान अधिकृतमा डाक्टकर चाहाना सर्मा, सहायक मतदान अधिकृतमा सम्झना ऐडी, सहायक कर्मचारीमा सविता विष्ट, निर्माया विष्ठ,सपना कुमारी उपाध्याय र सहयोगीमा सोनिया रोकाया शाही रहेकी छन् ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला हुम्लामा ६ महिलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । एक मात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको हुम्लाका ६० मतदान स्थल र ६४ मतदान केन्द्र मध्ये ६  मतदान केन्द्रमा महिला नेतृत्व रहने गरी मतदान केन्द्रमा खटाइएको सहायक निर्वाचन अधिकृत श्रीदीप वाग्लले बताएका छन  ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाका अनुसार ६४ मतदान केन्द्रमध्ये ६ मतदान केन्द्रमा सहायक मतदान अधिकृतका रूपमा महिलालाई जिम्मेवारी दिइएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९