राज शाही शनिबार, फाल्गुण १६, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लाका २२मतदान केन्द्रमा प्रयोग हुने निर्वाचन सामग्री मतदान अधिकृतहरूले बुझेका छन्। जिल्लाको अदानचुली ४ वटा, चंखेली ६ वटा, ताँजाकोट ७ वटा, नाम्खा ४ वटा र सर्केगाड गाउँपालिकाका १ वटा गरी २२ वटा मतदान केन्द्रका लागि आवश्यक सामग्री मुख्य निर्वाचन अधिकृतको कार्यालयले वितरण गरेको हो। निर्वाचन आयोगको कार्यविधि अनुसार हिमाली तथा दुर्गम बस्तीका मतदान केन्द्रमा समयमै पुग्न मतदान टोली शनिबारदेखि नै केन्द्रतर्फ प्रस्थान गरेको छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत एव हुम्ला जिल्ला अदालतका रजिष्ट्रार श्रीदिप वाग्ललेका  अनुसार मतदान केन्द्र सञ्चालनका लागि निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान केन्द्रमा मतपत्र, मतपेटिका, स्वस्तिक छाप, रङ्गीन तथा सादा मतदाता नामावली, सुरक्षा सिल, स्थायी मार्कर, सियो, धागो, सलाई, मैनबत्ती, लाह, स्ट्याम्प, स्टिकर, पिन, फोटोकपी कागज, नेपाली कागज, छेकाबार, रबर म्याट, सुतलीलगायत सामग्री मतदान अधिकृत र सुरक्षाकर्मीको रोहवरमा उपलब्ध गराइएको बताएका छन् ।

त्यस्तै सेतो कपडाको बोरा, ‘भित्र–बाहिर’ तथा ‘महिला–पुरुष’ जनाउने संकेत कार्ड, कर्मचारी परिचयपत्र, उम्मेदवार प्रतिनिधि परिचयपत्र, उम्मेदवार तथा स्वयंसेवक परिचयपत्र र विभिन्न अनुसूची फारामसहितका सामग्री वितरण गरिएको प्रवक्ता वाग्लले बताएका छन् । निर्वाचन टोलीलाई आवतजावतमा सहज बनाउन जिल्लाका सरकारी तथा निजी यातायात साधन प्रयोग गरिने मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले बताएका छन् .

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९