राज शाही आइतबार, फाल्गुण १०, २०८२ मा प्रकाशित

कर्णाली प्रदेशको हुम्ला जिल्लामा नसर्ने रोग सम्बन्धि एक महिने स्क्रिनिङ अभियानको उत्घाटन गरिएको छ । हुम्ला जिल्ला निर्वाचन क्षेत्र नं ख को एक गाउँपालिकाले उक्त अभियानको उत्घाटन गरेको हो । जिल्लामा स्थापित पत्रकार नागरीक समाज जनप्रतिनिधिहरुको हाइट, ओइट, बलट प्रेसर नापेर उक्त रोगको उत्घाटन गरिएको हो ।जिल्लाकै गैर सरकारी सँस्था आधार नेपाल र जिल्ला स्वास्थ्य सेवा कार्यालयको समन्वयमा उक्त उत्घाटन कार्यक्रम सँगै उपस्थित व्यक्तित्वहरुको स्वास्थ्य परिक्षण गरिएको सिमकोट गाउपालिका स्वास्थ्य संयोजक नरबहादुर भण्डारीले बताएका छन् ।

सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीको अध्यक्षता,उपाध्यक्ष शुसिला रोकायाको विशेष आतिथ्य सँगै सिमकोट गाउँपालिका वडा नं ३ का पामा लामा, ६ का नन्द रावत, २ का  भण्डारी लगायत जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख भिम बुढाको उपस्थितमा आइतबार एक कार्यक्रमको आयोजना गरी उक्त रोगको उत्घाटन गरिएको हो ।

हुम्ला जिल्ला सिमकोट गाउँपालिका वडा नं १ देखि ८ सम्मका सबै स्वास्थ्य संस्थामा नसर्ने रोग सम्बन्धि स्वास्थ्य परिक्षण गर्ने व्यवस्था गरिएको, नसर्ने रोग चेक जाँचका लागी जिल्ला बाहिर जाँदा लाखौ रकम खर्च हुने भएकाले आफै गाउँ टोलमा रहेका स्वास्थ्य संस्थामा गइ स्वास्थ्य परिक्षण गराउन सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताएका थिए ।

नसर्ने रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा नसरे पनि पीडित व्यक्तिलाई भित्रैबाट शरीरलाई गलाउदै लैजाने भएकाले समयमै उपचार गरी आफु स्वस्थ रहन सिमकोट गाउँपालिका उपाध्यक्ष शुसिला रोकायाले बताएकी थिइन ।

सुघर वलट प्रेसर जस्ता रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने र यसले व्यक्तिको जीवनमा ठुलो असर गर्ने भएकाले समयमै स्वास्थ्य संस्थामा गइ चेकजाँच गराउदा राम्रो हुने  जिल्ला स्वास्थ्य सेवा कार्यालयका डाक्टर भिम बुढाले बताएका थिए ।

आइतबाट दिनको ११ वजे सिमकोट गाउँपालिकामा सो रोगको उत्घाटन गरिएको हो ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९