राज शाही शुक्रबार, फाल्गुण ०८, २०८२ मा प्रकाशित

कर्णाली प्रदेश हुम्ला जिल्लामा रहेको जिल्ला मालपोत कार्यालयले चालु आर्थिक वर्षको ७ महिनामा ८१ लाख २२ हजार ९ सय राजस्व संकलन गरेको छ ।  चालु वर्ष ८२।०८२ को फागुन महिनाको ८ गते सम्म उक्त राजस्व संकलन गरेको जिल्ला मालपोत कार्यालय निमित्त प्रमुख प्रवेन्द्र यादबले बताएका छन् ।उक्त राजस्व नामसारी राजिष्टेसन पुजिगत,लाभकर अन्य प्रतिलिपि गरेर रहेको नि प्रमुख यादवले  बताएका हुन ।

जिल्ला मालपोत कार्यालय हुम्लाबाट प्रवाह भएका सेवाहरु मध्य राजिनामा १ सय २४, धितोबन्धक ८९, प्रतिलिपी २३, अंश बुझेको भरपाई २०, अंश वण्डा ४, हाल साविक वकसपत्र ७, नामसारी २८, संसोधन २, हदवन्दी दा खा २ र हदवन्धि छानविन निर्णय २ गरेको पाइएको छ ।

उक्त कार्यालयमा हुने सेवा प्रवाहमा विद्युत अवरोध रहेको देखिएको छ । हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा लोड सेटिङ बढी हुँदा सेवाग्राहीलाई छिटो छरितो सेवा प्रवाह गर्न नसकिएको निमित्त प्रमुख यादवले बताएका छन् । विद्युत लोड सेटिङ हुँदा १ घण्टामा गर्न सकिने सेवाग्राहीको काम २ दिन सम्म लाग्ने गरेको यादवले बताएका छन् । सोलारको लागी सम्बन्धित विभागमा लेखि पठाएको भए पनि कुनै सुनुवाइ नभएको र डाइरेक्ट लाइन जडानका लागी कार्यालय सँग पुजी नभएकाले सेवाग्राही मर्कामा पर्ने गरेको यादवले बताएका हुन ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९