राज शाही बुधबार, फाल्गुण ०६, २०८२ मा प्रकाशित

चुनवी प्रचारका क्रममा फलफुलका विरुवा रोपण गरिने भएको छ । सबैलाई उत्पादनमा जोड दिइ आय आर्जनमा वृद्धि गरी मतदाताको जीवन स्थर उकास्नका लागी चुनावी प्ररचारका क्रममा फलफुलका विरुवा रोपण गरिने भएको नेकपा माओवादी विब्लव पार्टीले जनाएको छ ।

जनता तथा मतदातालाई आत्म निर्भर बनाउनका लागी वृक्षा रोपण आफ्नो पार्टीले यस अघि पनि गर्दै आएको र अहिले यो चुनावको वेला सस्तो लोक प्रियताको लागी नभइ जनताको जिवन स्तर उकास्नको लागी भएको नेकपा माओवादीका प्रत्यक्ष उम्मेदवार कुम्भ बुढाले बताएका छन् । उक्त पार्टीले भोली विहिवार फागुन ७ गते खार्पुनाथ गाउँपालिका वडा नं १ प्युस गाउँमा २ सय वटा दाँते ओखरका विरुवा रोप्ने प्रत्यक्ष उम्मेदवार कुम्भ बुढाले  बताएका छन् ।

उनको पार्टीले यस अघि सिमकोट गाउँपालिकाको वडा नं ८ स्याँडाबाट चुनावी प्रचार प्रसार कार्यक्रम सुरु गरी नाम्खा गाउँपालिकाको खंगालगाउँमा घरदैलो कार्यक्रम गरेको थियो । त्यसै गरी सोही पार्टी सिमकोट गाउँपालिका वडा नं १, २ हुँदै खार्पुनाथ गाउँपालिका वडा नं ५ मा चुनावी प्रचार प्रसार गरी सोही गाउँपालिका वडा नं १ गोप्का लालीलगायतका गाउँमा चुनावी घरदैलो गरी प्युस गाउँमा बास बस्ने भएको छ । त्यस पछि उक्त पार्टी सर्केगाड गाउँपालिकामा चुनावी प्रचारमा जाने जानकारी प्राप्त भएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९