राज शाही आइतबार, फाल्गुण ०३, २०८२ मा प्रकाशित

हिल्दुम विद्युत वितरण केन्द्रले आफ्नो सेवालाई विस्तार गर्दै लगेको छ । सदरमुकाम सिमकोटमा लोड सेटिङ बढी भए पनि सिमकोट बाहिरका गाउँमा विद्युत खपत कम भएकाले उक्त विद्युत वितरण केन्द्रले आफ्नो सेवालाई विस्तार गरेको हो । सदरमुकाम सिमकोटमा उद्योग,कल कारखाना, सरकारी कार्यालयमा कम्युटर, हिटर जस्ता इलोक्टोनिसका सामाग्री बढी चल्ने हुँदा लोड सेटिङ बढी हुने गरेको हो । सदरमुकाम बाहिरका खार्पुनाथ, सिमकोटकै वडा नं ५ र ६ बाहेका गाउँमा इलोक्टोनिसका सामाग्री बढी प्रयोग नहुने पछि लोड सेटिङ कम हुने भएकाले हिल्दुम विद्युत वितरण केन्द्रले आफ्नो सेवालाई विस्तार गरेको सोही केन्द्रका प्राविधिक विर्ष सिं दमाइले बताएका छन् ।

आज आइतबार विस्तार गरीएको विद्युत सेवामा कर्णाली प्रदेशको हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख को सिमकोट गाउँपालिका वडा नं ८ खोल्सी गाउँ रहेको छ । उक्त गाउँमा विद्युत विस्तार गरी १८ घरधुरीमा बत्ती बल्न सफल भएको सोही गाउँका स्थानिय दलबहादुर शाहीले बताएका छन् । यस अघि सल्लाको दियालोमा रात विताउन बाध्य उक्त गाउँ स्थानिय आजबाट हिल्दुम विद्युत वितरण केन्द्रले वत्तीको व्यवस्था गरेपछि स्थानिय खुसी हुँदै हिल्दुम विद्युत वितरण केन्द्रलाई धन्यवाद समेत दिएका छन् । त्यसै गरी अन्य विद्युतको पहुँच नपुगेका सो गाउँका घरधुरीमा विस्तार गर्दै लैजाने हिल्दुम विद्युत वितरण केन्द्रका प्राविधिक वृषसिं दमाइले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९