राज शाही बिहिबार, माघ ३०, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्लाको सिमकोटमा मात्रै केन्द्रित हुने गरेको बजार अनुगमन अहिले ग्रामीणस्तरमा पनि हुन थालेको छ । गाउँमा कमजोर अनुगमनको फाइदा उठाउँदै सहरबाट म्याद गुज्रेका तथा गुणस्तरहीन खाद्यवस्तुहरू गाउँमा पठाउने गरेको गुनासो बढ्दै आएपछि उद्योग तथा उपभोक्ता  हित संरक्षण कार्यालय हुम्लाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय हुम्ला, सर्केगाड गाउपालिका, उद्योग वाणिज्य संघ हुम्लाको समन्वयमा  माघ २७ गते सर्केगाड बजार अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा किराना पसल, मदिरा, हार्डवेयर, औषधी पसल, कपडा पसल तथा होटेलहरूमा अनुगमन गरिएको थियो। बिना दर्ता सञ्चालन गरिएका होटेल तथा पसललाई दर्ता गर्न लगाउने, कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्रीवितरणमा रोक लगाउने र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने  अनुगमनको मुख्य उद्देश्य रहेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय हुम्लाका प्रमुख अर्जुनराज जोशीले बताएका छन्  ।

बजार अनुगमनमा ६१ वटा पसलमा अनुगमन गरिएको र केही पसललाई सुधारका लागि अन्तिम मौखिक निर्देशन दिँदै आगामी दिनमा सुधार नदेखिएमा जरिबाना गर्ने गरी सचेत गराइएको जानकारी प्राप्त भएको छ । अनुगमनका क्रममा व्यापारीहरूले व्यवसाय दर्ता, नवीकरण, मूल्यसूची र बिलजस्ता कुराहरू लागु नगरेको पाइएकाले त्यस्ता व्यवसायीलाई प्रचलित कानुनले निर्धारण गरेका आवश्यक कागजात चुस्तदुरुस्त राख्न र आवश्यक सुधारका लागि सुझाव दिइएको र अनुगमनका क्रममा त्रीसठ्ठी हजार छ सय पैसठ्ठी बराबरको म्याद गुज्रेका खाद्यवस्तुहरू बरामद गरेर नष्ट गरिएको प्रमुख जोशीले बताएका हुन  ।

सम्बन्धित

ताजा अपडेट
सदरमुकाम केन्द्रित अनुगमन, ग्रामिण स्तरमा पनि
नेपाली काँग्रेसको सत्तुर छ भने गरीवी र अशिक्षाः पुर्व मुख्य मन्त्री जीवनबहादुर शाही
हुम्लाका ४ वटा गाउँपालिकाका मतदान स्थल तथा मतदान केन्द्रको अनुगमन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९