राष्ट्रियता, लोकतन्त्र, समाजबादको मुल मन्त्रलाई आत्मसाथ गर्दै नेपाली काँग्रेस हुम्लालले सचिवालय स्थापना गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर रही सोही पार्टीका प्रत्यक्ष उम्मेदवार जयपति रोकाया र सामानुपातिक उम्मेदवार ताराबहादुर लामाको सचिवालय स्थापना गरेको हो ।
प्रतिशपर्दा भनेको जनतालाई राम्रो काम गरेर अगाडी बढाउने हो, काँग्रेसको सत्तुर कोही छैन, हुम्लामा काँग्रेसको सत्तुर छ भने गरीवी छ, अशिक्षा हो, हुम्लाको बिकास जति हुनु पर्ने हो त्यो हुन सकेको छैन, हाम्रा दाजु, भाइ, दीदी, बहिनीहरुले रोजगारी पाउनु हो, रोजगारी भनेको अफिसमा जागिर खाने मात्र होइन, प्रत्येक घरमा उद्योग धन्दाहरु खुल्नु पनि हो, कोही कसैले चोरी खान नपरोस, उद्योग धन्दा खुलोस रोजगारी श्रृजना होस भन्ने काँग्रेसको निति रहेको, हुम्लाका अन्य राजनितिक दलहरु सँग हाम्रो सत्तुरता छैन, हामी कसैलाई गाली गरेर राजनितिक गर्दैनौ, बहुदलिय व्यवस्था आइ सकेपछि नेपाली काँग्रेसले बिना भेग, बिना जात, बिना रंगको पार्टी भएको र बिचारको राजनितिक गर्दै आएको नेपाली काँग्रेसका केन्द्रिय कार्य सम्पादन समितिका सदस्य एव कर्णाली प्रदेश पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीले बताएका थिए ।

नेपाली काँग्रेसका लागी आफ्नो ज्यानलाई समेत धरापमा राखी लागी परेकाले आफु नेपाली काँग्रेसको एक योद्धा भएकाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा हुम्ला जिल्लाबाट नेपाली काँग्रेसका प्रत्यक्ष उम्मेदवार जयपति रोकाया र सामानुपातिक उम्मेदवार ताराबहादुर लामाको पक्षमा बीजयीको झण्डा फरफराउने पुर्व संविधान सभा सदस्य रिता शाहीले बताएकी थिइन।

नेपाली काँग्रस हुम्ला पार्टी सभापति मोहन बिक्रम सिंहको अध्यक्षता र नेपाली काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिका सदस्य एव कर्णाली प्रदेश नेपाली काँग्रेस सांसदीय दलका नेता जीवनबहादुर शाहीको प्रमुख आतिथ्य र पुर्व संविधान सभा सदस्य रिता शाही, प्रत्यक्ष उम्मेदवार जयपति रोकाया, सामानुपातिक उम्मेदवार ताराबहादु लामा, पत्रकार लगायत नेपाली काँग्रेसका नेता कार्यकर्ताको उपस्थितमा उक्त सचिवालय स्थापन गरेको हो । सिमकोटको गाउँपालिका वडा नं ५ को बिजय होटलमा स्थापना गरिएको सचिवालयबाट नेपाली काँग्रेसले आफ्ना चुनाबी कार्यक्रमहरुकाबारेमा सोही सचिवालयबाट जानकारी गराउने बताइएको छ । सचिवाल स्थापनाका क्रममा नेपाली काँग्रेसका कार्यालय सचिव जनकबहादुर शाहीले मुख्य ६ बुधा र सहायक १२ वुधे प्रतिज्ञापत्र हुम्लाबासीका नाउँमा बाचन गरेका थिए ।
देश बदलिनको लागी पहिला जिल्ला बदलिनु पर्छ, जिल्लाको भेग क्षेत्र गाउँ टोल बलिनु पर्छ,हुम्ला बदलिनका लागी पहिला नेपाली काँग्रेस बदल्नु छ, नेपाली काँग्रेस बदलिय जिल्ला बदलिन्छ, जयपति रोकाया नेपाली काँग्रेसको मात्र उम्मेदवार नभइ समग्रह कृषक, बुद्धिजिवी, डाक्टर, इन्जिनियर, सबै जात जाती भाषाभाषी वर्ग क्षेत्रको र हुम्लीको उम्मेदवार भएको, भन्ने भनाइ राख्दै नेपाली काँग्रेस पार्टी सभापति मोहन बिक्रम सिंहले बताएका थिए ।
राष्ट्रियता, संविधान र लोकतन्त्रको संरक्षण तथा संवर्दन गर्ने, हुम्लामा राजनितिक संस्कार र विकास मुखी राजनीतिलाई प्रवद्धन गर्ने, नेपाली काँग्रेसका नेता हुम्लाका अभिभावक पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीद्धारा प्रतिपादीत विकासका ६ वटा ब लाई निरन्तराता दिने लगायतका १० बुदे संकल्प नेपाली काँग्रेसका उम्मेदवार जयपति रोकायाले पत्रकार लगायत उपस्थित बीच प्रकासित गरेका थिए ।। सोमबार दिनको ११ बजेर ४५ मिनेटमा स्थापना गरिएको सचिवालका विषयमा आफ्नो बिचार सामानुपाती उम्मेदवार ताराबहादुर लामाले राखेका थिए ।

सोही कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय कार्य सम्पादन समितिका सदस्य जीवनबहादुर शाहीले समुन्नत हुम्ला सुखी हुम्लीको सपना सकार पार्ने मुख्य मुल पन्त्र लिएको प्रतिज्ञा पत्र पनि सार्वजनिक गरेका थिए ।
