राज शाही शनिबार, माघ २५, २०८२ मा प्रकाशित

आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुरक्षाका हिसाबले वर्गीकरण गरिएका मतदान स्थलहरुको अनुगमन गरिएको छ । सुरक्षाका दृष्टिले वर्गीकरण गरिएका मध्ये अति संवेदनशील मतदान केन्द्र तथा स्थललाई समितिले विशेष चासो दिएको हो ।   मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले हुम्ला जिल्लाका ४ वटा गाउँपालिकाका मतदानस्थल तथा मतदान केन्द्रको स्थलगत अनुगमन कार्य सम्पन्न गरेको बताएका छन् । अति संवेदनशील मतदान केन्द्रमा विशेष चासो दिइरहेको उनले बताएका छन् ।

७ स्थानीय तह रहेको  हुम्ला जिल्लाका ४४ वटा वडामा ६० वटा मतदान स्थल तथा ६४ वटा मतदान केन्द्र रहेका छन् ।२७ वटा मतदान स्थललाई अति संवेदनशील ठहर गरिसकेको छ भने २१ वटा संवेदनशील र १० वटा सामान्य मतदान स्थल रहेका छन् ।  जोखिमका हिसाबले मतदान स्थलको वर्गीकरण गर्ने गरिएको र जिल्लामा सामान्यको तुलनामा धेरै मतदान स्थल अति संवेदनशील र संवेदनशील सूचीमा रहेका छन ।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश बराल, प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा निकायका प्रमुख, जिल्ला निर्वाचन अधिकारी लगायतको टोलीले भौगोलिक हिसाबले टाढा  रहेको ताँजाकोट गाउँपालिका,  अदानचुली , चंखेली र सर्केगाड गाउँपालिकाका विकट क्षेत्रमा रहेका मतदान केन्द्रको स्थलगत अनुगमन समेत गरेको  सहायक निर्वाचन अधिकृत श्रीदीप वाग्लले बताएका छन्  ।

स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका स्थानीय कार्यकर्ता, विद्यालयका शिक्षक तथा सञ्चालक समिति, नागरिक समाज, युवा तथा गाउँका अगुवा समेतसँग मतदान स्थलमा छलफल गरिएको सहायक निर्वाचन अधिकृत एव मुख्य निर्वाचन कार्यालयका प्रवक्ता  वाग्लले बताएका हुन।

ताँजाकोट गाउँपालिकामा ७, अदानचुली ६, चंखेली ९ र सर्केगाडमा १२ बटा मतदान स्थल तथा मतदान केन्द्र गरी ४४ वटाको अनुगमन गरियको सहायक निर्वाचन अधिकृत वाग्लले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९