हुम्लामा मतदान स्थल अनुगमन कार्यलाई तीव्र पारिएको छ । जिल्ला निर्वाचन तथा सुरक्षा समितिको टोलीले हुम्लाका मतदानस्थल अनुगमन गरिरहेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत श्रीदिप वाग्लले बताएका छन् ।
सहायक निर्वाचन अधिकृत वाग्लेका अनुसार ताँजाकोट गाउँपालिकाका १७ वटा मतदान स्थलको निरिक्षण गर्ने कार्य बुधबार जारी रहेको र उक्त गाउँपालिकामा सम्पन गरे सँगै अदानचुली गाउँपालिकाका मतदान स्थलको निरिक्षण तथा अनुगमन गरिने बताएका छन् । क्रमस चंखेली, सर्केगाड र खार्पुनाथ गाउँपालिकामा रहेका मतदान स्थलको निरिक्षण गरी सिमकोट फर्कने वाग्लेले बताएका छन ।
अनुगमनको क्रममा मतदान केन्द्रको भौतिक पूर्वाधार अवलोकन गरि तयारी गर्न पनि अगाडि बढाइएको छ । खानेपानी, बिजुली सहितका आधारभूत विषयहरुको व्यवस्थापनका लागि स्थानीय तहसँगको बैठक सम्पन्न गरिएको छ । मतदान केन्द्र र मतदानस्थलमा देखिएको समस्या समाधानको लागि स्थानीयतहसँग आग्रह गरियको छ । ‘निर्वाचनलाई शान्तिपूर्ण बनाउन मतदानस्थलको अनुगमन देखि सुरक्षाकर्मीको परिचालन तथा तयारी तीव्र पारिएको जानकारी प्राप्त भएको छ । भौगोलिक विकटता, सञ्चारको पहुँच अभाव, केन्द्रको भौतिक संरचना, सडक सञ्जालको पहुँच, खानेपानी र बिजुली व्यवस्था लगायतका सुरक्षा चुनौतीका आधारमा मतदानस्थल र मतदान केन्द्रको वर्गीकरण गरिएको छ ।
मतदान स्थलको अनुमगनका लागि मुख्य निर्वचन अधिकृत निलकण्ठ बराल, प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, शत्रुभजन गुल्म रानीबनका गुल्मपति हरिबावु श्रेष्ठ, प्रहरी नायव उपरिक्षक शंकर खड्का, सशस्त्र प्रहरीका निमित्त प्रहरी नायव उपरिक्षक डम्बर बहदुर साउद, राष्ट्रिय अनुसन्धानका प्रमुख मेघराज कडेल, जिल्ला निर्वाचन अधिकारी भिमबहादुर रोकायाको सहभागिता रहेको छ ।
मतदान स्थलको निरिक्षण तथा अनुगमनका लागी मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालको नेतृत्वमा माघ २१ गते बुधबार सदरमुकाम सिमकोटबाट ताँजाकोट गाउँपालिका गएको हो ।