राज शाही बिहिबार, आषाढ १८, २०७७ मा प्रकाशित

हुम्ला

खानेपानीको विषयलाई लिएर एक जना महिला माथि खुकुरी प्रहार हुदा गम्भीर घाईते भएकी छन् । घाइते हुने महिलामा सर्केगार्ड गाउँपालिका वडा नम्बर ४ साँया गाउँकी ४५ वर्षया महिला हजारी थापा रहेकी छन् ।

खानेपानीको विषयलाई लिएर छिमेकी संगको विवादले ठुलो रुप लिदा पिडित थापाको टाउकोमा खुकुरी प्रहार गरि गम्भीर घाईते भएको पिडितका छोरा दन्त साउदले बताए । खेतमा काम गरेर घर फर्किएने बेला सो गाउँका नेत्र थापाका आमा छोरा र अन्य एक जना युवा मिलेर खुकुरी तथा ढुङ्गा प्रहार गरि साउदलाई घाईते बनाएको उनले बताएका छन ।

घाईते साउदको साँया स्वास्थ्य चौकीमा प्राथमिक उपचार भै रहेको भएपनि स्वास्थ्यकर्मीले जिल्ला बाहिर रिफर गरेका छन । खुकुरी प्रहारबाट घाईते साउदले दुई पटक बान्ता समेत गरेकी थिइन । बिबादमा संलग्न महिला झला थापा पनि घाईते भएर स्वास्थ्य चौकीमा उपचार गरि रहेको र उनको अबस्था सामान्य रहेको साउदले बताए ।

खुकुरी प्रहार गर्ने थापा सहित अर्का एक जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ । घाईतेको हेलिकोप्टरबाट काठमाडौं उपचारका लागि लैजाने ब्यबस्थाका लागि गृह मन्त्रालयमा लेखी पठाएको र त्यसपछि उद्धार हुने प्रमुख जिल्ला अधिकारी चिरन्जीबी गिरीले बताएका छन् । थप अनुसन्धान र मुद्धा दर्ताका लागि उनीहरुलाई जिल्लामा ल्याउने तयारी भई रहेको छ । घटना स्थल सदरमुकाम सिमकोटबाट डेढ दिन पैदल लाग्छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९