राज शाही बिहिबार, आषाढ १८, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

खानेपानीको विषयलाई लिएर एक जना महिला माथि खुकुरी प्रहार हुदा गम्भीर घाईते भएकी छन् । घाइते हुने महिलामा सर्केगार्ड गाउँपालिका वडा नम्बर ४ साँया गाउँकी ४५ वर्षया महिला हजारी थापा रहेकी छन् ।

खानेपानीको विषयलाई लिएर छिमेकी संगको विवादले ठुलो रुप लिदा पिडित थापाको टाउकोमा खुकुरी प्रहार गरि गम्भीर घाईते भएको पिडितका छोरा दन्त साउदले बताए । खेतमा काम गरेर घर फर्किएने बेला सो गाउँका नेत्र थापाका आमा छोरा र अन्य एक जना युवा मिलेर खुकुरी तथा ढुङ्गा प्रहार गरि साउदलाई घाईते बनाएको उनले बताएका छन ।

घाईते साउदको साँया स्वास्थ्य चौकीमा प्राथमिक उपचार भै रहेको भएपनि स्वास्थ्यकर्मीले जिल्ला बाहिर रिफर गरेका छन । खुकुरी प्रहारबाट घाईते साउदले दुई पटक बान्ता समेत गरेकी थिइन । बिबादमा संलग्न महिला झला थापा पनि घाईते भएर स्वास्थ्य चौकीमा उपचार गरि रहेको र उनको अबस्था सामान्य रहेको साउदले बताए ।

खुकुरी प्रहार गर्ने थापा सहित अर्का एक जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ । घाईतेको हेलिकोप्टरबाट काठमाडौं उपचारका लागि लैजाने ब्यबस्थाका लागि गृह मन्त्रालयमा लेखी पठाएको र त्यसपछि उद्धार हुने प्रमुख जिल्ला अधिकारी चिरन्जीबी गिरीले बताएका छन् । थप अनुसन्धान र मुद्धा दर्ताका लागि उनीहरुलाई जिल्लामा ल्याउने तयारी भई रहेको छ । घटना स्थल सदरमुकाम सिमकोटबाट डेढ दिन पैदल लाग्छ ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९