राज शाही शनिबार, माघ १८, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

कर्णाली प्रदेश हुम्ला जिल्लामा नेकपा एमालेले हुम्ली बासीका नाउँमा प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । जिल्लामा सक्रिय पत्रकार सँगै नेता कार्यकर्ताको उपस्थितका माझ एक कार्यक्रमको आयोजना गरि प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । शुशासन विकास र समृद्धि हुम्लाको आब्हान २१ फागुन सुर्य चिन्नमा मदतान भन्ने मुल नाराका साथ आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।

मुख्य गरि उक्त प्रतिबद्धता पत्रमा आगामी पाँच वर्ष एमाले हुम्लाले गर्ने काम, हुम्ली समृद्धिको आधार, सडक, सिचाइ,  कृषि र पुर्वधार, विद्युतिकरण सहित उज्यालो हुम्ला, गुणस्तरीय शिक्षा आधारभुत स्वास्थ्य सेवामा हुम्ली नागरिकको महुँच, एमाले जिम्मेवारी र सुचना प्रविधिलाई मुख्य एजण्डा बनाइ प्रतिवद्धता व्यक्त गरेको छ ।

नेपालको राष्ट्रियता सार्वभौमसता, अखण्डता लोकतन्त्रको सुदृढिकरण र घायल बनाइएको संविधानको रक्षा र आवश्यक संशोधन गर्न उचित पहलकदमी गरिने, हुम्ली जनताको आवाजलाई सिंहदरवार पुर्याउने, सिहदरवारले गर्ने हुम्लामैत्री नीतिगत निर्णयलाई हुम्लाका गाउँबस्ती पुर्याउने प्रतिवद्धता नेकपा एमाललेको रहेको सोही पार्टीका केन्द्रिय सदस्य दल रावलले बताएका छन्।

हुम्लाबासीको जीवन मार्गको रुपमा रहेको कर्णाली करिडोर उत्तर दक्षिण राष्ट्रिय राजमार्ग हिल्सा सुर्खेत सडक खण्डको स्तरउन्नती गर्दै मित्रराष्ट चीन भारत जोड्ने अन्तराष्ट्रिय टु लेनको फाष्ट्रयाको रुपमा बिकास गर्न पहल गरिने, अन्तर जिल्ला सडकका रुपमा रहेको सलिसल्ला गमगडी रारा सडकको स्तरोउन्नती गर्दै रणनीतिक पर्यटकिय सडकका रुपमा विस्तार गर्न नितिगत कदम चालिने टाके र चुवाखोला नाकालाई  अन्तराष्ट्रिय  व्यापारीक  नाकाकारुपमा खुलाउनका लागी नितिगत निर्णयका लागी पहल गरिने नेकपा एमालेका सामानुपातिक उम्मेदवार गोरखबहादुर बोगटीले बताएका छन् ।

हुम्ला जिल्लालाई यथासक्य राष्ट्रिय प्रशारण लाइनमा जोडि जिल्ला भित्रका सबै घरधुरीमा विधुतिकरणको व्यवस्था गर्न जोडदार प्रयास गरिने, जिल्ला भित्र विद्युत उत्पादन गर्ने गरिरहेका साना मझौला तथा ठुला जलविद्युत परियोजनामा स्थानिय समुदायको अर्थपुर्ण स्वामित्व स्थापित गर्न नीतिगत पहल गरिने सोही पार्टीका जिल्ला अध्यक्ष ज्ञामि बुमीले यसरी बताएका थिए ।

नेकपा एमालेका सचिव तिर्थराज बोहोराले उत्घोषण गरेको कार्यक्रमको अध्यक्ष जिल्ला अध्यक्ष बुमीको र प्रमुख आतिथ्य सोही पार्टीका केन्द्रिय सदस्य दल रावलको रहेको थियो । सोही कार्यक्रममा नेकपा एमालेका उम्मेदवार दल फडेरा, उपाध्यक्ष प्रकासबहादुर शाही, कमल बोहोरा, मन्जु रावल, लगायत पत्रकार, नेकपा एमालेका नेता कार्यकर्ताको उपस्थित रहेको थियो । सो कार्यक्रम सुक्रबार दिन ३ बजे मानसरोवर होटलमा संचालन भएको थियो ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९