कर्णाली प्रदेशको हुम्ला जिल्ला अन्तरगत प्रदेश निर्वाचन क्षेत्र ख मा रहेका २ वटा मतदान केन्द्रको निरिक्षण गरिएको छ ।प्रतिनिधि सभा निर्वाचन क्षत्रे नं १ रहेको हुम्ला जिल्लाको सिमकोट गाउँपालिका वडा नं ५ मा रहेको भिमसेन आधारभुत विद्यालय र सिमकोट गाउँपालिका वडा नं ६ मा रहेको कालासिम्ता आधारभुत विद्यालय मतदान केन्द्रको निरिक्षण गरिएको सहायक निर्वाचन अधिकृत श्रीदिप वाग्लले बताएका छन् ।

मुख्य निर्वाचन अधिकृत एव हुम्ला जिल्ला अदालका न्यायाधीश निलकण्ठ बरालको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी,जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, जिल्ला निर्वाचन व्यवस्थापन समितिका पदाधिकारीहरुको सो निरिक्षणमा सहभागिता रहेको थियो ।
सुक्रबार निरिक्षण गरिएका मतदान केन्द्र मध्य भिमसेन आधारभुत विद्यालय मतदान केन्द्रका लागी मतदाताको संख्या ८ सय ९४ र कालासिम्ता आधारभुत विद्यालय मतदान केन्द्रका लागी ५ सय ७६ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी भिमबहादुर रोकायाले बताएका छन् ।
आगामी फाल्गुण २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर रही मतदान केन्द्रको निरिक्षण गरिएको अनुसन्धान अधिकृत सरोज कडेलले बताएका छन् । मतदान केन्द्रहरुको निरिक्षणका क्रममा सामान्य मर्मत संभार गर्नु पर्ने देखिएको अधिकृत कडेलले बताएका छन् ।