राज शाही शुक्रबार, माघ १७, २०८२ मा प्रकाशित

कर्णाली प्रदेशको हुम्ला जिल्ला अन्तरगत प्रदेश निर्वाचन क्षेत्र ख मा रहेका २ वटा मतदान केन्द्रको निरिक्षण गरिएको छ ।प्रतिनिधि सभा निर्वाचन क्षत्रे नं १ रहेको हुम्ला जिल्लाको सिमकोट गाउँपालिका वडा नं ५ मा रहेको भिमसेन आधारभुत विद्यालय र सिमकोट गाउँपालिका वडा नं ६ मा रहेको कालासिम्ता आधारभुत विद्यालय मतदान केन्द्रको निरिक्षण गरिएको सहायक निर्वाचन अधिकृत श्रीदिप वाग्लले बताएका छन् ।

मुख्य निर्वाचन अधिकृत एव हुम्ला जिल्ला अदालका न्यायाधीश निलकण्ठ बरालको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी,जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, जिल्ला निर्वाचन व्यवस्थापन समितिका पदाधिकारीहरुको सो निरिक्षणमा सहभागिता रहेको थियो ।

सुक्रबार निरिक्षण गरिएका मतदान केन्द्र मध्य भिमसेन आधारभुत विद्यालय मतदान केन्द्रका लागी मतदाताको संख्या ८ सय ९४ र कालासिम्ता आधारभुत विद्यालय मतदान केन्द्रका लागी ५ सय ७६ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी भिमबहादुर रोकायाले बताएका छन् ।

आगामी फाल्गुण २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर रही मतदान केन्द्रको निरिक्षण गरिएको अनुसन्धान अधिकृत सरोज कडेलले बताएका छन् । मतदान केन्द्रहरुको निरिक्षणका क्रममा सामान्य मर्मत संभार गर्नु पर्ने देखिएको अधिकृत कडेलले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९