Mansarowar Times मंगलबार, माघ ०७, २०८२ मा प्रकाशित

२१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागिहुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता गराएका छन् । जसमा नेपाली काँग्रेस पार्टी हुम्लाले जयपति रोकाया, नेकपा एमालेले दलबहादुर फडेरा, नेपाली कम्युनिष्ट पार्टीले डाक्टर दिपेन्द्र रोकाया, नेकपा माओवादीले कुम्म बुढा, राष्ट्रिय स्वतन्त्र पार्टीले  टासी ल्हाजोम, राष्ट्रिय प्रजातन्त्र पार्टीले  छक्क बुढा,  प्रगति शिल पार्टीबाट जटिल कार्की र मितेरी नेपाल पार्टीले जयबहादुर शाहीलाई  प्रतिनिधि सभा उम्मेदवारीकोरुपमा मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले जानकारी दिएका छन्  ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लामा विहान १० वजे बाट अहिले वेलुका  ५ बजे सम्म मनोनयन दर्ता गराएको मुख्य  निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत एवम प्रवक्ता श्रीदीप वाग्लले बताएका छन् । मोनोनयन दर्ता कार्य सान्तीपुर्ण, धाँदलि रहित बातावरणमा सम्पन्न भएको छ ।

निर्वाचन आयोगको आचार संहिताको पालना गर्दै हुम्लामा स्थापित राजनैतिक दलले मनोनयन दर्ता गराएका हुन ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९