ज्ञान तथा सीप प्रदान गरी स्थानिय स्तरमा रोजगारीको अवसर प्रर्दान गर्नका लागी हुम्ला जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयहरुले जिल्लाका ७ वटै गाउँपालिकामा सिपमुलक तालिम संचालन गरिरहेका छन । यस अघि जिल्लाका स्थानिय सरकार प्रमुख, सरकारवाला र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय बीच समन्वय बैठक बसी कुन गाउँपालिकामा के सिपको आवश्यकता रहेको विषयलाई पहिचान गरी सोही अनुसार सिप विकासका तालिमहरु संचालन भइ रहेका छन् ।यस्तै सिमकोट गाउँपालिकामा विउटी पालर र ताँजाकोट गाउँपालिकामा सवारी साधन मर्मत तालिमको उत्घाटन गरि संचालनमा रहेका छन ।
हुम्लाको जनशक्तिलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार अनुकुलको ज्ञान तथा सीप प्रदान गरी रोजगारीका अवसरहरुको उपयोग गर्न सक्षम, सीपयुक्त र दक्ष जनशक्तिको उत्पादन गरेर बेरोजगारी तथा गरिबी न्युनीकरणमा ठोस योगदान पुर्याउने उद्देश्यका साथ मागमा आधारित सिप मुलक आधारभुत हाउस वायरिङ तालिमको उत्घाटन गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय प्रमुख अर्जुनराज जोसीले बताएका छन् ।
हुम्ला जिल्लाको अदानचुली गाउँपालिकामा उत्घाटन गरिएको कार्यक्रमको अध्यक्षता उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय हुम्लाका ईडिएफ हिमा गिरीको र प्रमुख आतिथ्य सोही गाउँपालिका उपाध्यक्ष कर्ण रोकायाको रहेको थियो ।