राज शाही आइतबार, माघ ०५, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

सुख्खा मौसम लागे सँगै कर्णाली प्रदेशको हुम्ला जिल्लामा दैनिक काँकी न काँकी आगलागीका घटनाहरु बढ्दै गएका छन् । यस अघि बस्तीमा आगलागी हुँदा धन जन सँगै अन्नपात लुगालत्ता कपडाको समेत क्षेती भइ सकेको छ । हुम्ला जिल्लामा लामो समय देखि पानी तथा हिमपात नहुदा जिल्लाका राष्ट्रिय तथा सामुदायीक वनमा आगलागी भइ रहेको छ । आज माघ ३४ गते सिमकोट गाउँपालिका वडा नं ७ जवुकाको पानीमा सामुदायिक वनमा आगलागी भएको छ ।

दिनको २ बजेबाट के कसरी आगलागी भएको भन्ने बारेमा एकिन थाहा नभए पनि आगो नियन्तणका लागी स्थानिय जबुका बासीलागी परेको र अहिले सम्म आगो नियन्त्रणमा आउन नसकेको स्थानियवासी विरबहादुर सिंहले बताएका छन् । उक्त सामुदायीक वनको पुर्वमा  राता पैरा, पश्चिममा भाका छना, उत्तरमा कुडिल्ला वन र दक्षिणमा छोपाखोड यी चार किल्ला भित्रको सामुदायिक वनमा आगलागी भइ रहेको सिंहले बताएका छन् ।

सामुदायिक वनमा आगो लगाउनेको खोजि कार्य भइ रहेको र अहिले सम्म एकिन जानकारी नआएको र सो वन भित्र रहेका जडीबुटी, बोटविरुवा सबै जलेर नष्ट भएको र चराचुरुङ्गी बासस्थान छोडेर अर्कै स्थानमा गएको र जंगली जनावर संकटमा परेको हुन सक्ने स्थानियवासी सिंहले बताएका छन् ।राष्ट्रिय तथा सामुदायीक वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा त्यसलाई कसुर मानिने भनिएको छ ।

आगो लगाएमा हुने कानूनी सजाय

वन ऐन, २०७६ को दफा ४९ मा रहेको कसुर र सजाय सम्बन्धी व्यवस्था गरिएको छ । उक्त कसुर ठहर भएमा सोही ऐनको दफा ५० मा डढेलोले जति क्षति भएको छ ।  त्यसको मूल्याङ्कन गरी बिगो समेत असुल उपर गरी तीन वर्ष कैद वा  ६० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा
जिल्ला प्रशासन कार्यालयका सम्पुर्ण कार्यक्रम बहिस्कार

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९