सुख्खा मौसम लागे सँगै कर्णाली प्रदेशको हुम्ला जिल्लामा दैनिक काँकी न काँकी आगलागीका घटनाहरु बढ्दै गएका छन् । यस अघि बस्तीमा आगलागी हुँदा धन जन सँगै अन्नपात लुगालत्ता कपडाको समेत क्षेती भइ सकेको छ । हुम्ला जिल्लामा लामो समय देखि पानी तथा हिमपात नहुदा जिल्लाका राष्ट्रिय तथा सामुदायीक वनमा आगलागी भइ रहेको छ । आज माघ ३४ गते सिमकोट गाउँपालिका वडा नं ७ जवुकाको पानीमा सामुदायिक वनमा आगलागी भएको छ ।
दिनको २ बजेबाट के कसरी आगलागी भएको भन्ने बारेमा एकिन थाहा नभए पनि आगो नियन्तणका लागी स्थानिय जबुका बासीलागी परेको र अहिले सम्म आगो नियन्त्रणमा आउन नसकेको स्थानियवासी विरबहादुर सिंहले बताएका छन् । उक्त सामुदायीक वनको पुर्वमा राता पैरा, पश्चिममा भाका छना, उत्तरमा कुडिल्ला वन र दक्षिणमा छोपाखोड यी चार किल्ला भित्रको सामुदायिक वनमा आगलागी भइ रहेको सिंहले बताएका छन् ।
सामुदायिक वनमा आगो लगाउनेको खोजि कार्य भइ रहेको र अहिले सम्म एकिन जानकारी नआएको र सो वन भित्र रहेका जडीबुटी, बोटविरुवा सबै जलेर नष्ट भएको र चराचुरुङ्गी बासस्थान छोडेर अर्कै स्थानमा गएको र जंगली जनावर संकटमा परेको हुन सक्ने स्थानियवासी सिंहले बताएका छन् ।राष्ट्रिय तथा सामुदायीक वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा त्यसलाई कसुर मानिने भनिएको छ ।
आगो लगाएमा हुने कानूनी सजाय
वन ऐन, २०७६ को दफा ४९ मा रहेको कसुर र सजाय सम्बन्धी व्यवस्था गरिएको छ । उक्त कसुर ठहर भएमा सोही ऐनको दफा ५० मा डढेलोले जति क्षति भएको छ । त्यसको मूल्याङ्कन गरी बिगो समेत असुल उपर गरी तीन वर्ष कैद वा ६० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ ।