राज शाही शुक्रबार, माघ ०३, २०८२ मा प्रकाशित

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्ला जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र एउटा मात्रै  रहेको हुम्ला जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय सदरमुकाम सिमकोटमा स्थापना गरिएको  हुम्ला जिल्ला अदालतका श्रेस्तेदार  श्रीदीप वाग्लेले बताएका छन ।

जिल्ला सदरमुकाममा रहेको हुम्ला जिल्ला अदालतमा  मुख्य निर्वाचन अधिकृतको कार्यालयको व्यानर पढे र उत्घाटनका क्रममा हुम्ला जिल्ला अदालतका न्यायाधीश एव मुख्य निर्वाचन अधिककृत निलकण्ठ बरालले भौगोलिक कठिनाइ, कमजोर पूर्वाधार र सीमित पहुँचका बाबजुद हिमाली जिल्ला हुम्लामा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु चुनौतीपूर्ण कार्य भएको, यस्तो परिस्थितिमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनु भनेको निर्वाचन व्यवस्थापन, समन्वय र निगरानीलाई एकीकृत र प्रभावकारी बनाउने आधार तयार हुनु हो, यसले मतदाता दर्तादेखि उम्मेदवारी प्रक्रिया, मतदान व्यवस्थापन र मतगणनासम्मका सम्पूर्ण गतिविधिलाई कानुनी दायराभित्र सुव्यवस्थित ढंगले सञ्चालन गर्न सहयोग पुर्‍याउनु रहेको  बताएका थिए ।

निर्वाचन सामूहिक प्रयासबाट मात्र सफल हुन्छ यसले निर्वाचनको मर्मलाई सही रूपमा उजागर गर्छ। निर्वाचन आयोग, प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चारमाध्यम र स्वयं मतदाता—सबैको जिम्मेवारी र सहकार्य बिना लोकतान्त्रिक अभ्यास सार्थक हुन नसक्ने श्रेस्तेदार श्री दीप वाग्लेले बताएका थिए  ।

मतदाताको विश्वास जित्ने, राजनीतिक प्रतिस्पर्धालाई मर्यादित बनाउने र जनमतको सम्मान गर्ने वातावरण सिर्जना गर्नु नै यसको प्रमुख दायित्व रहेको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताएका थिए  ।

आगामी निर्वाचन केवल प्रतिनिधि चयनको प्रक्रिया मात्र होइन, लोकतन्त्रप्रतिको जनविश्वासको परीक्षा पनि हो। हुम्लामा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले त्यो विश्वासलाई मजबुत बनाउने दिशामा इमानदार, साहसी र कानुनसम्मत भूमिका निर्वाह गर्ने अपेक्षा जिल्लामा क्रियाशील राजनीतिक दलहरूले गरेका छन ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९