राज शाही शुक्रबार, माघ ०३, २०८२ मा प्रकाशित

ज्ञान तथा सीप प्रदान गरी स्थानिय स्तरमा रोजगारीको अवसर प्रर्दानका गर्नका लागी हुम्ला जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयहरुले  जिल्लाका ७ वटै गाउँपालिकामा सिपमुलक तालिम संचालन गरिरहेका छन ।

यस अघि जिल्लाका स्थानिय सरकार प्रमुख, सरकारवाला र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय बीच समन्वय बैठक बसी कुन गाउँपालिकामा के सिपको आवश्यकता रहेको विषयलाई पहिचान गरी सोही अनुसार सिप विकासका तालिमहरु संचालन भइ रहेका छन् । यस्तै सिमकोट गाउँपालिकामा विउटी पालरको तालिमको उत्घाटन भइ संचालन भइ रहेको  छ भने पौष २४ गते ताँजाकोट गाउँपालिकामा एक कार्यक्रमको आयोजनागरी  ३० दिने सवारी साधन मर्मत तालिमको उत्घाटन गरिएको छ ।

हुम्लाको जनशक्तिलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार अनुकुलको ज्ञान तथा सीप प्रदान गरी रोजगारीका अवसरहरुको उपयोग गर्न सक्षम, सीपयुक्त र दक्ष जनशक्तिको उत्पादन गरेर बेरोजगारी तथा गरिबी न्युनीकरणमा ठोस योगदान पुर्याउने उद्देश्यका साथ मागमा आधारित सिप मुलक सवारी साधन मर्मत   तालिमको उत्घाटन गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय प्रमुख अर्जुनराज जोसीले बताएका छन् ।

हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिकामा उत्घाटन गरिएको कार्यक्रमको अध्यक्षता उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय हुम्ला प्रमुख अर्जुनराज जोसीको  र प्रमुख आतिथ्य सोही गाउँपालिका अध्यक्ष लालकेस जैसीको रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९