राज शाही बुधबार, माघ ०१, २०८२ मा प्रकाशित

बिगत लामो समय देखि महिला हिंसा,घरेलु हिंसा, बालबिबाह, बहु बिबाह, बालसंरक्षण, सरसफाइका क्षेत्रमा काम गर्दै आएको हिमाली जिल्ला हुम्लाको एक गैर सरकारी संस्थाले जनप्रतिनिधि र संचारकर्मीहरुसँग सुझाव संकलन गरेको छ । सन २०२४ सकिय संगै २०२५ मा महिला बालबालिका तथा स्वास्थ्यका क्षेत्रमा के कस्तो कार्यक्रम संचालन गर्दा उपयुक्त होला भन्ने विषयमा हुम्ला जिल्लामा स्थापित अष्टे्लिया साझेदारी संस्थाले बुधबार एक कार्यक्रमको आयोजना गरी सुझाव संकलन गरेको नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष छपाल लामाले बताएकी छन् ।

सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा सिमकोट गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष नन्द रावत, वडा नं ३ का पामा लामा, वडा नं ८ का कमल बुढा, सिमकोट गाउँपालिका कार्यपालिका सदस्य गुयाला रावत, प्रमुख प्रशासकिय अधिकृत बर्षबहादुर फडेरा, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका नरपति जेठारा, सिमकोट गाउँपालिका जनस्वास्थ्य अधिकृत शाङगी लामा सँगै रैडियो कैलास र रेडियो कर्णाली आवाजका संचारकर्मीको उपस्थित रहेको थियो ।

हुम्ला जिल्लामा अझै पनि छाउपडी प्रथा, बालबिबाह, महिला हिंसा, बहुबिबाह कायमै रहेकाले यसलाई न्युनियकरण गर्नका लागी संस्थाले आफ्नो कार्यक्षेत्र भित्रका गाउँ टोल टोलमा पुगी जनचेतना मुलक कार्यक्रम सँगै तालिम गोष्ठी संचालन गर्नु पर्ने उपस्थित व्यक्तित्वहरुले धारण राखेका थिए ।

बुधबार दिनको १ बजेबाट संचालन भएको कार्यक्रममा सोही संस्थाका कार्यक्रम संयोजक छपाल दोर्जे लामाले सन २०२४मा उक्त संस्थाले गरेका काम कार्यको भिडियो तथा अडियो सँगै जिल्लामा छाउँपढि, बालबिबाह, बहुबिबाह, सरसफाइ लगायतको अवस्थाका बारेमा उपस्थित बिच जानकारी गराएका थिए ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९