राज शाही मंगलबार, पौष २९, २०८२ मा प्रकाशित

हिमाली जिल्ला हुम्लामा पौष २५ गते  माइनस ८ डिग्री सेल्सियसमा बच्चा जन्माएकी सुत्केरीलाई नगत तथा फलफुल सहयोग गरिएको  छ । उक्त सहयोग वान हार्ट वल्डवाइड  तथा इस्नोल्याण्ड एकिकृत विकास केन्द्र नामक संस्थाले सहयोग गरेको  स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसिका परियोजना  संयोजक अनु रोकायाले बताएकी छन ।

जिल्ला अस्पताल हुम्लामा रहेकी सुत्केरी महिलालाई ५ हजार नगद र १ हजार बरावरको फलफुल तथा जुस सहयोग गरिएको एस आइ डिसिका फिल्ड अफिसर सर्जन रोकायाले बताएका छन् । एस आइ डिसिका बोट म्याम्बर छपाल लामार वान हार्ट वल्डवाइड का कर्मचारी जिल्ला अस्पताल हुम्लामा पुगी निज सुत्केरी आमा र छोरीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुका साथै निजको उद्धार तथा राहतका लागी  जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका   प्रमुख डाक्टर उमाकान्त तिवारी,बरिष्ठ अनमी शरिता बोहोरा र स्टाप नर्स सर्मिला गीरीलाई भेटी जानकारी समेत गराएको किल्निकल फिल्ड अफिसर रिनजिन लामाले बताएकी छन् ।

निज सुत्केरी आमा र छोरीको अवस्था सामान्य रहेको स्टाप नर्स गीरीले बताएको र  आर्थिक अवस्था कम्जोर भएकाले हुम्ला जिल्लामा स्वास्थ्य सम्बन्धि काम गर्ने सरकारी तथा गैर सरकारी संस्थाले सहयोग गर्नु पर्ने आवश्यक देखिएको रोकायाले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९