हिमाली जिल्ला हुम्लामा पौष २५ गते माइनस ८ डिग्री सेल्सियसमा बच्चा जन्माएकी सुत्केरीलाई नगत तथा फलफुल सहयोग गरिएको छ । उक्त सहयोग वान हार्ट वल्डवाइड तथा इस्नोल्याण्ड एकिकृत विकास केन्द्र नामक संस्थाले सहयोग गरेको स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसिका परियोजना संयोजक अनु रोकायाले बताएकी छन ।
जिल्ला अस्पताल हुम्लामा रहेकी सुत्केरी महिलालाई ५ हजार नगद र १ हजार बरावरको फलफुल तथा जुस सहयोग गरिएको एस आइ डिसिका फिल्ड अफिसर सर्जन रोकायाले बताएका छन् । एस आइ डिसिका बोट म्याम्बर छपाल लामार वान हार्ट वल्डवाइड का कर्मचारी जिल्ला अस्पताल हुम्लामा पुगी निज सुत्केरी आमा र छोरीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुका साथै निजको उद्धार तथा राहतका लागी जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डाक्टर उमाकान्त तिवारी,बरिष्ठ अनमी शरिता बोहोरा र स्टाप नर्स सर्मिला गीरीलाई भेटी जानकारी समेत गराएको किल्निकल फिल्ड अफिसर रिनजिन लामाले बताएकी छन् ।
निज सुत्केरी आमा र छोरीको अवस्था सामान्य रहेको स्टाप नर्स गीरीले बताएको र आर्थिक अवस्था कम्जोर भएकाले हुम्ला जिल्लामा स्वास्थ्य सम्बन्धि काम गर्ने सरकारी तथा गैर सरकारी संस्थाले सहयोग गर्नु पर्ने आवश्यक देखिएको रोकायाले बताएका छन् ।