राज शाही बिहिबार, पौष २४, २०८२ मा प्रकाशित

कर्णाली प्रदेश हुम्ला जिल्लाका अग्नी पीडितलाई दैनिक उपभोग्य सामाग्री सहयोग गरिएको छ । उक्त सहयोग सिटिजन बैंक इन्टरनेसनल लिमिटेड सिमिकोट शाखा कार्यालयबाट  संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सहयोग गरिएको सिटिजन बैंक शाखा कार्यालय प्रमुख हेमराज हमालले बताएका छन् ।

सहयोग गरिएका सामाग्रीहरुमा मसिनो चामल २ बोरा, मैदा २ बोरा, कुकर २ पीस, कचौरा १५ पिस, थाल १५ पिस, डेक्ची ४ पिस, पनिउ ३ पिस, डाडु ३ पिस र तेल १  काटुन सहयोग गरिएको बैंक मेनेजर हमालले बताएका छन् । उक्त सहयोग खार्पुनाथ गाउँपालिका वडा नं ४ माजा गाउँ निवासी  शोभान रावत र  कमल रावत रहेका छन् ।

एक कार्यक्रमको आयोजना गरि आज विहिवार पौष २४ गते सहयोग गरिएको हो । थोरै भए पनि उक्त सहयोगले निकै राहत पुगेको पीडित शोभन रावतले बताएका छन् । यस अघि आगलागी हुँदा निज शोभन रावतको ७ लाख ५० हजार नगद र घरको अन्न पात लत्ता कपडा सबै जलेर नष्ट भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९