राज शाही बिहिबार, पौष २४, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

कर्णाली प्रदेश हुम्ला जिल्लाका अग्नी पीडितलाई दैनिक उपभोग्य सामाग्री सहयोग गरिएको छ । उक्त सहयोग सिटिजन बैंक इन्टरनेसनल लिमिटेड सिमिकोट शाखा कार्यालयबाट  संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सहयोग गरिएको सिटिजन बैंक शाखा कार्यालय प्रमुख हेमराज हमालले बताएका छन् ।

सहयोग गरिएका सामाग्रीहरुमा मसिनो चामल २ बोरा, मैदा २ बोरा, कुकर २ पीस, कचौरा १५ पिस, थाल १५ पिस, डेक्ची ४ पिस, पनिउ ३ पिस, डाडु ३ पिस र तेल १  काटुन सहयोग गरिएको बैंक मेनेजर हमालले बताएका छन् । उक्त सहयोग खार्पुनाथ गाउँपालिका वडा नं ४ माजा गाउँ निवासी  शोभान रावत र  कमल रावत रहेका छन् ।

एक कार्यक्रमको आयोजना गरि आज विहिवार पौष २४ गते सहयोग गरिएको हो । थोरै भए पनि उक्त सहयोगले निकै राहत पुगेको पीडित शोभन रावतले बताएका छन् । यस अघि आगलागी हुँदा निज शोभन रावतको ७ लाख ५० हजार नगद र घरको अन्न पात लत्ता कपडा सबै जलेर नष्ट भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९