राज शाही बुधबार, पौष २३, २०८२ मा प्रकाशित

लामो समय देखि हिमाली जिल्ला हुम्लामा हिमपात तथा पानी नपर्दा जिल्लाको जनजिवन प्रभावित हुँदै गएको छ । यसले गर्दा जिल्लामा धुवा धोलो सँगै रुघा खोकी लगायतका विरामीको संख्या बढ्दै गएका छन । चिसो पनि अत्याधिक बढेको छ ।

जिल्लामा आगलागीबाट धनजन संगै पौष महिनामा मात्र २ जनाले ज्यान गुमाए पछि प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले हुम्ला जिल्ला बासीका नाउँमा आगलागीबाट बच्नका लागी जनहितमा जारी सन्देश प्रवाह  गरेका छन् ।

उक्त जनहितमा जारी सन्देशमा प्रमुख जिल्ला अधिकारी रेग्मीले सलाई लाइटर जस्ता प्रज्वलनशील बस्तु केटाकेटीको पहुँचबाट टाढा राख्नु पर्ने, यस्ता ज्वोलनशिल बस्तु लिएर बनजंगल नजाने, पिकनिक बनभोज जाँदा आगो बालेपछि आगो निभाएर मात्र छोड्ने, चुरोट तमाखु खाइ सकेपछि ठुटा तथा खकड राम्रो सँग निभायर फाल्ने, घर वरीपोरी आगलागी हुने घाँस दाउरा पेट्रोलिम पदार्थ लगायत अन्य चिजबस्तु नराख्न प्रमुख जिल्ला अधिकारी रेग्मीले आफ्नो सन्देशमा उल्लेख गरेका छन् ।

केही गरी आगलागी भइहालेमा प्रशासन, सुरक्षा निकाय, स्थानिय तह, नजिकको गाउँ घर सँगै पत्रकारहरुलाई जानकारी समेत गराउन प्रमुख जिल्ला अधिकारी रेग्मीले हुम्लाबासीलाई उक्त जनहितमा जारी सन्देश मार्फत जानकारी गराएका हुन ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९