लामो समय देखि हिमाली जिल्ला हुम्लामा हिमपात तथा पानी नपर्दा जिल्लाको जनजिवन प्रभावित हुँदै गएको छ । यसले गर्दा जिल्लामा धुवा धोलो सँगै रुघा खोकी लगायतका विरामीको संख्या बढ्दै गएका छन । चिसो पनि अत्याधिक बढेको छ ।
जिल्लामा आगलागीबाट धनजन संगै पौष महिनामा मात्र २ जनाले ज्यान गुमाए पछि प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले हुम्ला जिल्ला बासीका नाउँमा आगलागीबाट बच्नका लागी जनहितमा जारी सन्देश प्रवाह गरेका छन् ।
उक्त जनहितमा जारी सन्देशमा प्रमुख जिल्ला अधिकारी रेग्मीले सलाई लाइटर जस्ता प्रज्वलनशील बस्तु केटाकेटीको पहुँचबाट टाढा राख्नु पर्ने, यस्ता ज्वोलनशिल बस्तु लिएर बनजंगल नजाने, पिकनिक बनभोज जाँदा आगो बालेपछि आगो निभाएर मात्र छोड्ने, चुरोट तमाखु खाइ सकेपछि ठुटा तथा खकड राम्रो सँग निभायर फाल्ने, घर वरीपोरी आगलागी हुने घाँस दाउरा पेट्रोलिम पदार्थ लगायत अन्य चिजबस्तु नराख्न प्रमुख जिल्ला अधिकारी रेग्मीले आफ्नो सन्देशमा उल्लेख गरेका छन् ।
केही गरी आगलागी भइहालेमा प्रशासन, सुरक्षा निकाय, स्थानिय तह, नजिकको गाउँ घर सँगै पत्रकारहरुलाई जानकारी समेत गराउन प्रमुख जिल्ला अधिकारी रेग्मीले हुम्लाबासीलाई उक्त जनहितमा जारी सन्देश मार्फत जानकारी गराएका हुन ।