राज शाही बुधबार, पौष २३, २०८२ मा प्रकाशित

आर्थिक वर्ष ०८२।०८३ को सार्वजनिक सुनुवाइ हुने भएको छ । उक्त सार्वजनिक सुनुवाइ कर्णाली प्रदेश हुम्ला जिल्लामा स्थापना भएका सरकारी कार्यालयहरुले गर्ने भएका हुन। चालु आर्थिक वर्षको साउन महिना देखि पौष महिनाको २५ गते सुक्रबार सम्म जिल्लाका संघ तथा प्रदेश सरकार मातहतमा रहेका सरकारी कार्यालयहरुले एकमुष्ठ सार्वजनिक सुनुवाइ गर्ने भएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्दले बताएका छन् ।

आर्थिक वर्ष ०८२।०८३ को साउन महिना देखि पौष महिना सम्म हुम्ला जिल्लाका सरकारी कार्यालयहरुले गरेका कार्य सम्पादन प्रति जनप्रतिनिधि, राजनितिक दल, स्थानियवासी,सेवाग्राही, पत्रकार नागरिक समाज लगायत सरोकारवाला निकायहरुबाट सुझाव संकलन गरी आगामी दिनमा सोही सुझावका आधारमा कार्यालयबाट प्रबाह हुने काम कार्यहरुलाई रुपान्त्रित ढंगबाट अगाडि बढ्ने आयुबर्दे स्वास्थ्य केन्द्र हुम्लाका प्रमुख डाक्टर चाहाना सर्माले बताएकी छन् ।

जिल्ला समन्वय समितिको सभाहलमा पौष २५ गते सुक्रबारका दिन विहान ठीक ११ वजे संचालन हुने सार्वजनिक सुनुवाइमा जिल्ला स्थित संघ तथा प्रदेश मातहतका सरकारी कार्यालयका प्रमुख अनिवार्य उपस्थितका लागी प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले ताकेता सम्म गरेका छन् ।

सरकारी कार्यालयहरुबाट  कार्यसम्पादन  भए गरेका  सेवा प्रवाह, विकास व्यवस्थापन, र सुशासनका सम्बन्धमा सरोकारवालाबाट पृष्ठपोषण प्राप्तीका लागी यो सार्वजनिक सुनुवाइ जिल्ला प्रशासन कार्यालय हुम्लाको आयोजनामा गर्न लागिएको सहाय प्रमुख जिल्ला अधिकारी चन्दले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९